सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ चोक्टेस्थित भेरी नदीमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।
शनिबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १६ वर्षीय भुपेन्द्र केसी र १९ वर्षीय विनोद केसीको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी गराए ।
आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा खटिएको १० जनाको गोताखोर टोलीले १२:३५ बजे भुपेन्द्रको र १२: ४० बजे विनोदको शव ३० फिट गहिराइबाट निकालेको जनाइएको छ ।


