सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ड्रेन निर्माणमा पुरिएर तीन मजदुरको मृत्यु घटनामा दुई पक्षबीच १० बुँदे सहमति

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ड्रेन निर्माणमा पुरिएर तीन मजदुरको मृत्यु घटनामा दुई पक्षबीच १० बुँदे सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को कावासोतीमा ड्रेन निर्माण गर्ने क्रममा पुरिएर तीन जना मजदुरको मृत्यु भएको घटनामा दुई पक्षबीच १० बुँदे सहमति भएको छ। शुक्रबार दिउँसो कावासोती नगरपालिकामा सरोकारवाला निकाय र पीडित परिवारबीच भएको छलफलमा १० बुँदे सहमति भएको हो।

बिहीबार वडा २ स्थित फलफूल चोकदेखि पूर्व नाला पाटीमा ढिस्कोले पुरिएर २१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया मस्राङ्गी र ३२ वर्षीय चमेली सिंजालीको मृत्यु भएको थियो।  मृतकहरूको सम्मानमा घटनास्थलमा शिलालेख तयार गर्ने सहमति भएको छ।  त्यस्तै मृतक परिवारलाई एक घर एक रोजगारको ग्यारेन्टी गर्ने र रोजगारमा निरन्तरता दिने, मृतकका बालबच्चालाई कक्षा १२ सम्मको शैक्षिक सामग्रीसहित अध्ययन व्यवस्‍थापन गर्ने र मृतक परिवारको स्वास्थ्य बीमा गराउने सहमति भएको हो।

त्यसैगरी प्रति परिवार मृतकका बालबच्चाका नाममा ५ लाख मुद्दती खाता खोलेर जम्मा गर्ने र राहतस्वरूप ५ लाख नगद मृतक परिवारलाई उपलब्‍ध गराउने पनि सहमति पत्रमा उल्लेख छ।

नगरपालिकाले किरिया खर्चवापत ५० हजार नगद पनि दिने भएको छ। शव व्यवस्थापनमा लाग्ने खर्च पनि पालिकाले व्यहोर्ने भएको छ। नगरपालिकाको तर्फबाट उपप्रमुख फूलकुमारी थनेतसहित वडाध्यक्षहरू बैठकमा सहभागिता जनाएका थिए । तीन जना मजदुरको मृत्यु भएपछि शुक्रबार स्थानीयले कावासोती नगरपालिका भवनमा ढुंगामुढा गरी तोडफोड समेत गरेका छन्। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास समेत प्रहार गरेको थियो।

WhatsApp-Image-2024-06-14-at-3.51.14-PM-1718360368.jpeg
WhatsApp-Image-2024-06-14-at-3.51.18-PM-1718360378.jpeg

यो पनि पढ्नुहोस्

न्युज २४ टेलिभिजन छोडेका पत्रकार खत्री रास्वपा प्रवेश

न्युज २४ टेलिभिजन छोडेका पत्रकार खत्री रास्वपा प्रवेश

३ मिनेट अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक