शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माधव नेपालप्रति ओलीको दुखेसो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
माधव नेपालप्रति ओलीको दुखेसो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमत ल्याउने गरी पार्टीको काममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शु्भकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकल बहुमत नहुँदा अहिलेको जस्तै हालत हुने बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ‘पलानो आएर भन्छ भने मान्छु’ भनेकाले आफू त्यहाँ गएको बताए । अध्यक्ष ओलीले आफू गएको कुरालाई अहिले ‘हाम्रोमा रुन आयो, ग्वाँग्वाँ रोयो, धरधरी रोयो’ भन्दै हिँडेको सुनाए ।

‘नेकपा (एमाले) ले पुँजीवादको अस्तित्व संकटमा पार्दिन्छ । जनताको भविष्य उज्जवल छ । जनविरोधीहरुको भविष्य नेपालमा उज्जवल छैन । त्यसकारण उनीहरुले एमालेका विरुद्ध घेराबन्दी गर्नुनै पर्यो । एमालेका विरुद्ध मोर्चावन्दी गर्छन । हामीले मोर्चाबन्दी होईन, एक्लै लड्ने र एक्लै जित्ने तयारीमा जानुपर्छ । अस्ति एउटाले भनेको सुन्नुभएन ? एक जनाले फलानो नै आएर भने भने मान्छु भने । म गएँ ।’ ओलीले भने, ‘भोलिपल्ट के भन्यो भने देख्यौं हाम्रोमा रुन आएको थियो । ह्वाँह्वाँ रोयो आएर । ग्वाँग्वाँ रोयो, धरधरी रोयो । अनि हामीले साथ दियो । कत्रो फूर्ति होला ? यसो भन्छ । आफ्नोमात्रै शक्ति पुगेन भने यस्ता खोज्नुपर्छ । तसर्थ आफ्नो शक्तिमा भर पर्ने, एकल बहुमत ल्याउने । अरुको वैशाखी टेक्ने होईन ।

अरुलाई औंला समाउन दिने हो ।’ पछिल्लो पटक सत्ता समीकरण परिवर्तन भएपछि माधव नेपालको निवास राजनीतिको इपीसेन्टर बनेको थियो । उक्त समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत माधव नेपालको निवासमा पुगेका थिए । उनलाई कांग्रेस सभापति देउवाले त प्रधानमन्त्रीको अफरसमेत गरेका थिए । बहुमत जुटाउन सम्भव नहुने निश्चित नभएपछि माधव नेपाल अन्ततः प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरी प्रचण्ड–ओली नेतृत्वको समीकरणमै फर्किएका थिए । माधवलाई समीकरणमा ल्याउन ओली–प्रचण्डले भने निकै मेहनत गर्नुपरेको थियो ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक