काठमाडौं । नवीन सुब्बाको निर्देशनमा बनेकाे नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।
आज शुक्रबारबाट नयाँ कथानक चलचित्र ‘बाटो– रोड टु डेथ’ प्रदर्शनमा आएको भने धेरै हलहरूमा ‘गाउँ आएको बाटो’को दोस्रो सातामा निरन्तरता छ । तर, अघिल्लो सातासँगै प्रदर्शनमा आएको चलचित्र ‘लण्डन टु पेरिस’ उत्रिएको छ ।
विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेपछि घरेलु दर्शकमाझ आएको यो कथानक चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य प्रमुख भूमिकामा देखिन्छ ।
चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । दोस्रो सातामा पनि मल्टिप्लेक्समा यो चलचित्रको शोमा धेरै गिरावट आएको देखिँदैन ।
सम्बन्धित समाचार- ‘गाउँ आएको बाटो’को भव्य प्रिमियर, सकारात्मक प्रतिक्रिया ‘गाउँ आएको बाटो’को ‘राई माइला’ सार्वजनिक नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक, नव कलाकार एवम् बालकलाकार प्रसनको अभिनय अब्बल ‘टोरोन्टो’मा ‘गाउँ आएको बाटो’को वर्ल्ड प्रिमियर गरिएकाे थियाे ।


