मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपालप्रति भारतीय शासक पक्षको रवैया र हाम्रा नेता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

छिमेकी देश भारतमा लोकसभा निर्वाचनपछि नयाँ सरकार गठन भएको छ । १० वर्षयता भारतमा शासन गर्दै आएका नरेन्द्र मोदी नै यसपटक फेरि प्रधानमन्त्री बनेका छन् । उनको मन्त्रिमण्डलमा राजनाथ सिंह, अमित शाह, एस जयशंकर, निर्मला सीतारमण लगायत मन्त्रीहरु दोहोरिएका छन् । छिमेकी मुलुक भएकाले त्यहाँको निर्वाचन परिणामको चासो नेपालमा हुने नै भयो । द्विदेशीय सम्बन्ध विस्तार, यसअघिका सीमालगायत समस्या, पुराना सम्झौताको पुनरावलोकनका विषयमा नयाँ सरकारबाट कति अपेक्षा गर्न सकिन्छ अहिले नेपालमा चर्चाको विषय बनेको छ ।

पहिले त भारतको लोकसभा परिणाम हेरौं । मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भए पनि उनीसँग यसअघिको चुनावमा जस्तो बहुमत छैन, एनडीए गठबन्धनको भर पर्नुपर्ने अवस्था छ । आफ्नो बहुमतका कारण अन्य दलको कुरै नसुन्ने प्रवृत्तिका मोदीलाई अहिलेको निर्वाचनपछि थोरै धक्का लागेको छ । त्यसकारण उनको आगामी कार्यकाल कस्तो हुनेछ, दर्शनीय रहनेछ । तर, उनले पुरानै मन्त्रीहरुलाई दोहोराएर यसअघिको नीतिलाई निरन्तरता दिने सन्देश दिएका छन् । त्यसैले नयाँ सरकार गठनपछि पनि नेपाल–भारत सम्बन्धमा खासै तात्विक फरक नपर्ने सहजै अनुमान गर्न सकिन्छ ।

अब चर्चा गरौं, नेपाल–भारत सम्बन्धको । दुई देशबीच लामो समयदेखिएको सम्बन्ध छ, तर यो कहिल्यै सुमधुर भने हुन सकेको छैन । नेपाल–भारतका जनताबीच सम्बन्धमा विभिन्न आयाम छन् । तर, सीमा समस्याका कारण यो सम्बन्धमा तिक्तता पनि छ । खासगरी आफ्नो भौगोलिक विशालताको उपयोग गर्दै भारतले नेपालप्रति मिचाहा र हेपाहा प्रवृत्ति अपनाउँदै आएको छ । २०७२ सालमा भारतको नाकाबन्दी यसको एउटा ज्वलन्त उदाहरण हो । नेपाल–भारतबीच विभिन्न कालखण्डमा थुप्रै असमान सन्धिसम्झौता भएका छन् । त्यसैको आडमा भारतले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रमा अतिक्रमण गर्दै आएको छ । विभिन्न स्थानाका सीमामा हस्तक्षेप गर्दै आएको छ । तर, यस्ता सन्धिसम्झौता पुनरावलोकन गर्न, सीमा समस्या समाधान गर्न बनेको इपीजी प्रतिवेदन बुझ्न भने वर्षौंदेखि आलटाल गर्दै आएको छ ।

भारतका नेताहरुले नेपालसँगको समस्याका बारेमा सधैं बोल्दै पनि आएका छन्, आश्वासन पनि दिने गरेका छन्, तर व्यवहारमा कार्यान्वयन गर्न भने आलटाल गर्दै आएका छन् । मोदी नेतृत्वको सरकारको रवैया पनि यस्तै देखिन्छ । यसअघिको सरकारको पालामा मोदीले छिमेक पहिलो नीति अपनाएका थिए । तर, यो नीति छिमेकीलाई सहयोग र सहकार्य गर्न भन्दा सताउनका लागि हो कि भन्ने जस्तो देखिएको छ । भारतको छिमेकी पाकिस्तानसँग त सधैं छत्तीसको आँकडा रहँदै आएको छ, नेपालसँगको सम्बन्ध पनि सधैं उतारचढावपूर्ण छ । पछिल्लो समय माल्दिभ्ससँग पनि भारतको सम्बन्ध बिग्रिएको छ । भारतले भुटानलाई आफ्नो अण्डरमा राख्ने प्रयास गर्दै आएको छ भने श्रीलंका र बंगलादेशसँग उसको सम्बन्ध मध्यम देखिन्छ । समग्रमा छिमेकी देशहरुसँग भारतको सम्बन्ध राम्रो छैन भन्ने स्पष्ट छ ।

तर, नेपाली नेताहरु भने भारतको हेपाहा प्रवृत्तिविरुद्ध उभिन सकेका छैनन्, बरु नतमस्तक देखिने गरेका छन् । उदाहरणकै लागि, नेपालमा प्रधानमन्त्रीको शपथ ग्रहणमा भारतीय राजदूत पनि सहभागी हुने गरेका छैनन् । तर, मोदीको शपथ तीनपटकको शपथ ग्रहणमा नेपालका तीनजना प्रधानमन्त्री सहभागी भइसकेका छन् । यो प्रवत्ति कत्तिको ठीक हो ? यसमा बहस आवश्यक देखिन्छ । अर्कोतर्फ आन्तरिक राजनीतिक अस्थिरताका कारण नेपाली नेताहरु भारतको हेपाहा प्रवृत्तिविरुद्ध उभिन सकेका छैनन् । अस्थिर राजनीति, सरकारका कारण नेपाल आन्तरिक रुपमा कमजोर छ, त्यसैले आफूसँग बढी निर्भरताको फाइदा उठाउँदै भारत नेपालप्रति आफूखुसी निर्णय र व्यवहार प्रदर्शन गर्दै आएको छ ।

नेपाली नेताहरुले भने भारतसँगको सम्बन्धबारे जनतालाई भ्रम छर्दै आएका छन् । भारतसँगका यावत् समस्या भए पनि सम्बन्ध सुध्रिएको देखाउने प्रयास यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा पुगेर फर्किएका प्रचण्डको प्रतिक्रिया थियो, नेपालीप्रति भारतमा विश्वास बढेको पाएँ । उनले मोदीसँगको भेटमा सार्कलाई सक्रिय पार्नेदेखि नेपाल–भारत सीमासँग सम्बन्धित विषयहरु र दुई देशका बीचमा रहेका संयन्त्रहरुलाई सक्रिय पार्नुपर्नेमा जोड दिएको उल्लेख गरेका छन् । यस्तै, मोदी र विदेशमन्त्री जयशंकरले नेपालको चासो र आग्रहमा सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ । प्रचण्डले यसो भने पनि दुई देशबीचको सम्बन्धमा अझै सुधारको आवश्यकता रहेको स्पष्ट छ । यसका लागि नेपाल मात्र नभई भारत पनि तयार हुन आवश्यक छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

युरोपमा एक शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

युरोपमा एक शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

१६ मिनेट अगाडि
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक