काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता भएको जनाएकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो जनाएकी हुन् । उनले भनिन्, ‘अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानवीय पीडालाई सम्बोधन नगर्ने रु काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने रु यस्तो संवेदनशील विषय बजेटमा नसमेट्नु लज्जास्पत मात्रै नभएर अमानवियता हो ।’
उनले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् । ‘सरकारले जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट गर्दछु। ‘ उनले भनिन् ।
उनले जलनबाट घाइते हुनेहरुको संख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा ज्येष्ठ नागरिकको संख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाइन् ।
उनले जलन मानवको सृष्टिसँग सुरू भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भए पनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको जनाइन् । उनले आफैले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने जनाइन् ।
‘जलनबाट घाइते हुनेहरुको संख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा जेष्ठ नागरिकको सख्या धेरै छ । जलन मानवको सृष्टिसँगै शुरु भएको दुर्घटना परम्परा हो । कहिलेकाहीं अपराध मार्फत पनि हुन्छ तर अधिकांश जलन दुर्घटनाबाट हुन्छ । त्यसको पीडा शब्दमा वर्णन गर्न सकिँदैन । आफैले जलनको पीडा भोगेकाले राम्रोसँग बुझेको छु । ‘ उनले भनिन् ।
उनले प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुःखी तुल्याएको जनाइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भनेको तर बजेटका त्यो प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुस्खी तुल्याएको छ ।’
उनले सरकारका अस्पतालहरुमा जलन कक्ष भए पनि प्रर्याप्त नभएको बताइन् । जलनको उपचार धेरै महँगो भएकाले जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै रहेको उनको भनाइ थियो ।
‘जलनको उपचार धेरै महँगो छ । जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै छन् । अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानवीय पीडालाई सम्बोधन नगर्ने रु’ उनले भनिन् ।
उनले अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानविय पीडालाई सम्बोधन नगर्ने र काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने रु भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानवीय पीडालाई सम्बोधन नगर्ने रु काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ?’