काठमाडौँ / सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। कांग्रेसँग गठबन्धन भएका बेला नियुक्त भएका राजदूतलाई बिहीबार सकेको मन्त्रिरिषदको बैठकले एकमुष्ट फिर्ता गर्ने निर्णय गरेको हो।
सरकारले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय हो।
दुई वर्ष अघि देउवा नेतृत्वमा सरकार हुँदा भारतका लागि पठाइएका शंकर शर्मा र बेलायतका लागि पठाइएका ज्ञानचन्द्र आचार्य कांग्रेस कोटामा नियुक्त भएका थिए।
उनीहरु कुटनीटिक क्षेत्रमा अनुभवी मानिए पनि कांग्रेसको चाहनाका कारण ती देशमा राजदूत हुने अवसर पाएका थिए।
अमेरिकाका लागि राजदूत बनाइएका श्रीधर खत्रीलाई पार्टी विशेषको चाहनामा भन्दा पनि ‘विज्ञ’ हैसियतले जिम्मेवारी दिइएको थियो।