शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

देश असफल बन्ने गन्तव्यमा !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

संघीय व्यवस्था घोषणाको करिब २ दशक र लागू भएको १ दशकमा यो व्यवस्था असफल बन्ने दिशामा अघि बढेको छ । हजारौंको बलिदानीको जनयुद्ध र दोस्रो जनआन्दोलनपछि प्राप्त भएको संघीय व्यवस्था नै सफल हुन नसक्दा देश नै कतै असफल बन्ने हो कि भन्ने जोखिम पनि बढेको छ । मुख्यगरी केन्द्रमा राजनीतिक अस्थिरता र आर्थिक शिथिलताको समस्या अब प्रदेश र स्थानीय तहमा पनि देखिएको हो । केन्द्रमा देखिएको समस्याको असर अन्य संघीय तहमा पनि देखिएपछि वर्तमान व्यवस्था नै असफलताको डिलमा पुगेको हो ।

अहिले केन्द्रमा कुनै पनि दलको बहुमत छैन । सरकार बनाउन थुप्रै दलहरु मिल्नुपर्ने कारणले सरकार स्थिर हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेढ वर्षयता तीन पटक गठबन्धन फेरिसकेका छन् । उनी प्रधानमन्त्री रहिरहे पनि मन्त्रिमण्डल भने पटकपटक फेरिँदै आएको छ । सरकारलाई बचाउनका लागि पनि मन्त्रीहरु परिवर्तन गर्नुपर्ने बाध्यता प्रधानमन्त्री प्रचण्डलाई छ । अर्कोतर्फ विपक्षी दल जहिले पनि सरकार ढलाउने योजनामा देखिन्छन् । यही कारण राजनीतिक स्थिरता हुन सकेको छैन । राजनीतिक अस्थिरताको असर अर्थतन्त्रमा परेको छ । अर्थतन्त्र शिथिल हुँदा देशका अन्य क्षेत्र पनि प्रभावित भएको छ ।

प्रदेशको राजनीतिमा केन्द्रकै रोग सरेको छ । केन्द्रमा गठबन्धन परिवर्तन हुँदा प्रदेशमा पनि सरकार फेरिने गरेको छ । सातै प्रदेशमा कुनै पनि दलको बहुमत छैन । त्यसकारण अहिले आगामी वर्षको बजेटको तयारीमा लाग्नुपर्ने अधिकांश प्रदेश सरकारकै विवादमा छन् । कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा सरकार गठन, मन्त्रिपरिषद् विस्तारलगायत समस्या देखिएको छ । प्रदेश केवल राजनीतिक दाउपेचको अखडा मात्र बन्द जनताले यो संरचनामाथि विश्वास गर्न छोडेका छन् ।

केन्द्र र प्रदेशको तुलनात्मक रुपमा स्थिर रहेको स्थानीय तह भने आफैंमा भ्रष्टाचार, बजेट अभावको समस्यामा जेलिएको छ । देशका सबैजसो स्थानीय तह केन्द्रबाट प्राप्त गर्ने समानीकरण, सशर्त, विशेष, समपूरकजस्ता अनुदानमा आश्रित छन् । केन्द्रबाट पाइने यिनै शीर्षकको बजेटबाट विभिन्न योजना सञ्चालन गरेका छन् । तर, सरकारले यी अनुदान रकममा कटौती गर्ने भएपछि स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलगायत जनप्रतिनिधि अहिले सरकारको विरोधमा उत्रिएका छन् । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय निकायहरू आन्दोलनमा उत्रेका हुन् । गाउँपालिका र नगरपालिका प्रमुखहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराउने भन्दै अहिले काठमाडौँमा भेला भएका छन् ।

सरकारले बजेटमार्फत २५ प्रतिशत अनुदान कटौती गरेको र उक्त निर्णय फिर्ता लिनुपर्ने माग उनीहरुको छ । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा सबै प्रकारका अनुदानमार्फत कुल ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरिरहेको समयमा उनीहरू आन्दोलित भएका हुन् । त्यसमध्ये प्रदेशमा ९६ अर्ब ४५ करोड ८ लाख रुपैयाँ अनुदान जाने छ । तर, बजेट कम र कटौती भएको भन्दै स्थानीय तह नै आन्दोलनमा उत्रिनुको अर्थ हो, अहिलेको व्यवस्थामा समस्या । र अहिलेको व्यवस्थामा समस्या आउनु भनेको देश नै असफल बन्ने जोखिम बढ्नु । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

१० घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक