शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशको सूचना बेच्ने सांसदलाई कारबाही गर !

आरोप लगाउने गृहमन्त्रीसँग प्रमाण छ, आरोपित सांसद भाग्न नपाओस् !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सङ्घीय सदनको बैठक बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदको रोस्ट्रममा उभिएर देशको सूचना बेच्नेकार्यमा सांसद नै संलग्न भएको आरोप लगाए । यसको प्रमाण आफूसँग भएको र छिटै कारबाही गर्ने चेतावनी पनि दिए । देशको गोप्य सूचनाहरु अरु देशलाई दिनु देशप्रतिको गद्दारी हो, देशद्रोह हो । तर, यति दिन बित्दा पनि सकारले त्यस्तो कार्यमा संलग्न सांसदलाई कारबाही थालेको छैन । सरकारले प्रमाण बोकेर मात्र बस्ने होइन, कारबाही प्रक्रिया छिटो अघि बढाउन भन्दै सामाजिक सञ्जाललगायत चौतर्फी माग बढेको छ । यसरी देशद्रोह गर्ने सांसद भाग्न नपाओस् माग अहिले उठेको हो ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले कांग्रेसले सदनमा उठाएका प्रश्नको जवाफ दिने क्रममा भनेका थिए, ‘दुई÷तीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई एजेन्ट संसदबाट हटाऔं । त्यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री होस् ।’ गृहमन्त्री लामिछानेले यो संकेत कांग्रेस र कांग्रेसका महामन्त्री गगन थापातर्फ गरेका थिए । थापामाथि यस्तो आरोप लगाइरहँदा गृहमन्त्री लामिछानेले आफूसँग प्रमाण भएको पनि दाबी गरेका छन् ।
लामिछानेले अगाडि भनेका छन्, ‘१५ वर्षदेखि संसदको लास्ट सीटदेखि फ्रन्ट सीटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का होस्, यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन । आफैं सरकारमा बसेर यसलाई बाहिर पठाउ, उसलाई बाहिर पठाउ भन्नुको साटो प्रमाण जुटाएर कारबाही गर्ने आँट गरेको भए हुन्थ्यो । अप्रमााणित हल्ला र मिडिया ट्रायललाई बोकेर संसदलाई लेक्चर दिनुभयो काम गर्नुभयो । सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं ।’

कांग्रेसका महामन्त्री गगन थापा अध्ययन लगायतका लागि केही समय अमेरिकामा बसेका थिए । यस्तै, अमेरिकी दूतावासले केही वर्षअघि सार्वजनिक गरेको प्रतिवेदनमा थापालाई आफ्नो सम्पर्क सूत्र उल्लेख गरेको थियो । जसका कारण उनीमाथि साँठगाँठ गरेको आरोप लाग्दै आएको थियो । यही विषयलाई अहिले गृहमन्त्री लामिछानेले संसदमा पनि उठाएका हुन् । थापामाथि कृषि अनुदान अनियमितता गरेको आरोप पनि छ । तर, थापाले भने यस्ता आरोप पुष्टि गर्न खुला रुपमा चुनौती दिँदै आएका छन् । गृहमन्त्री लामिछानेले घुमाउरो रुपमा आरोप लगाएपछि कांग्रेस महामन्त्री थापा र कांग्रेसले पनि यसको पुष्टि गर्न चुनौती दिएका हुन् ।

मंगलबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशको गोप्य सूचना विक्री गर्ने व्यक्तिको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो गृहमन्त्री लामिछानेलाई प्रस्ट पार्नका लागि रुलिङ लागि सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो । त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो । यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन, यही संसदमा गोप्य सूचना बेच्ने मान्छे छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने ? यसको जानकारी चाहियो । कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको सूचना बेचियो ?’ केसीले भने । सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीले भनेकोले गृहमन्त्रीको स्पष्ट धारणा माग गरेको भन्दै उनले यस मामिला त्यसै निभ्नेवाला नरहेको जनाए ।

सरकार र कांग्रेसबीचको यो आरोपप्रत्यारोप सामान्य विषयमा भइरहेको होइन । देशको सूचना बेच्ने जस्तो देशद्रोही क्रियाकलापमा यदि कोही साँच्चै संलग्न भने कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने विश्लेषकहरुको भनाइ छ । कांग्रेसले पनि यसमा प्रमाण भए कारबाहीको प्रक्रिया अघि बढाउन चुनौती दिँदै आएको छ । सरकारले यो विषयलाई गम्भीर रुपमा लिन जरुरी छ । जनधारणा साप्ताहिकबाट

 

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनबाट के अपेक्षा गर्ने ?

एमाले महाधिवेशनबाट के अपेक्षा गर्ने ?

२२ घण्टा अगाडि
एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक