काठमाडौं । ‘दस वर्षपछि नेपालले विश्वकप खेल्यो नेपालको चन्द्रसूर्य झन्डा संसारभर फरफरायो।
तर, हामीले हिजो गेम हार्यौँ। हिजो सन्दीप लामिछानेको ठूलो आवश्यकता महसुस भयो’, उनले भने, ‘अदालतले सफाइ दिएको, क्यान र आईसीसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको?
सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको? कि त सरकार डराएर खुट्टा कापेको हो? होइन भने देशको चन्द्रसूर्य झन्डालाई रोक्न आज यो सरकार अगाडि बढ्न सक्छ।
सरकारमाथि प्रश्न चिह्न खडा भएको छ। यसको जवाफ दिनुपर्छ। कुनै व्यक्तिको कुरा होइन। कुनै क्लबको गेम खेल्न जाने लागेको होइन, देशको प्रतिनिधित्व गरेर जाने खेलाडी हो। त्यसैले देशको जिम्मा हुन्छ।’


