विजयनगरमा २५ हजार ६ सय बढी पशुलाई भ्याक्सिन कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले २५ हजार ६ सय ६७ पशुलाई भ्याक्सिन (डाेज) दिएकाे छ । गाउँपालिकाले वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत बाख्रा, भेडा, गाई, भैंसी, र गाेरुलाई नि:शुल्क भ्याक्सिन दिइएकाे पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए । शाखाका प्रमुख ठाकुराले १४ हजार ९ सय १९ ओटा बाख्रा र भेडालाई पिपिआर भ्याक्सिन (खाेप) दिएकाे जनाए ।
यस्तै १० हजार ७ सय ४८ ओटा गाई, भैंसी र गाेरुलाई एफएमडी, एचएस र बिक्यु भ्याक्सिन दिइएकाे उनले बताए । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिका भित्रको भेँडा, बाख्रा, गाई, भैँसी, गाेरुलाई पशुजन्य रोगबाट सुरक्षित राख्न गाउँपालिकाले कुनै कसर नराख्ने जनाएका छन् । अध्यक्ष थापाले खोप लगाउन मात्र नभई पशु पालक किसानलाई खोप र रोगको बारेमा जानकारी समेत दिन गरि पशु प्राविधिकहरुलाई किसानकाे घरमै खटाइएको जनाए।
पशुचाैपायालाई सुरक्षित र निराेगी राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको उनकाे भनाई छ । उनले रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम गाउँपालिकाले गरिरहेकाे जनाए। पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले पशुजन्य रोगको लक्षण देखिने बित्तिकै उपचारमा ध्यान दिनुपर्ने जनाए ।
विभिन्न रोग लाग्न नदिन खोप लगाउँदै आइएको बताउँदै रोग लाग्न नदिनका लागि भ्याक्सिन नलगाई नहुने उनले बताए ।पशुुचाैपायामा समस्या देखिएमा जानकारी प्राप्त हुनसाथ किसानकाे घरमै पुगेर सेवा प्रदान गरिने उनले जनाए ।


