बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

पर्यावरण रक्षाको समस्या : बर्तमान बिश्वको मूल प्रश्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

—लोकनारायण सुबेदी

मानिस प्रकृतिकै उपज हो । त्यसैले मानिसले प्रकृतिको रक्षा गर्नु उसको परम कर्तब्य हो । पुरानो शास्त्रमा भनिएको पनि छ कि ‘प्रकृति रक्षति रक्षिता’ अर्थात् प्रकृतिलाई हामीले रक्षा गर्यौं भने प्रकृतिले पनि हाम्रो रक्षा गर्दछ । मानिस र प्रकृतिको अन्तरसम्बन्ध तादाम्यता अत्यन्तै गहिरो र चीरकालिक रहेको छ । मानिस स्वयं प्रकृतिको अंश भएकोले प्रष्ट छ कि जुन जुन तत्वले प्रकृति बनेको छ त्यसको अंश पनि स्वभावतः मानिसको निर्माणमा महत्वपूर्ण र प्रमुख सहयोगी रहेको छ ।

हुन पनि प्रकृतिले जीवका लागि स्थल,जल, बन र बायुकारुपमा एउटा ब्यापक र बिस्तृत आवरण निर्माण गरेको छ । त्यसैलाई हामी ‘पर्याबरण’ अर्थात् ‘इकोसिस्टम’ भन्ने गर्दछौं । तर आज ती प्रकृति प्रदत्त जीवनदायीनी तत्वहरु – वायु, भूमि, जल र आकाश समेत प्रदुषित बनाएका कारण ती जीवन घातक बन्न पुगेका छन् । प्रकृतिलाई नष्ट गर्नेलाई के भनिएको छ भने ‘ए, कालो धुवाँ उडाउनेहरु हो ! जललाई जहर बनाउनेहरु हो ! अब कुनै बिलम्ब नगरी गम्भीररुपमा सोच, बुझ  होइन भने सम्पूर्ण खेल बिग्रिने छ । यो जीवनदायिनी प्रकृति उजाड भएर जानेछ । अनि प्राणी र बनस्पति जगत धेरै पछि धकेलिने छ’ ।

प्रकृतिको सानिध्यमा नै ब्यक्तिको भित्री मन जागेर उठ्छ । यस मौनतालाई प्रकृतिका नियमले साध्नु अत्यन्तै शान्तिदायक हुनजान्छ । अनि यस अनुभूतिले मानिसको शिथिल र सामान्य बुद्धि, बिबेक, दृष्टि सबै जीवनका बारेमा उत्कृष्ट किसिमले सम्हालिन्छन् । जीवधारी कोही पनि सानो होस् या ठूलो, शान्त रहने होस् या चर्को स्वरमा कराउने सबैलाई प्रकृतिले मिलाइ मिलाइ अघि बढ्ने अवसर प्रदान गर्दछ । त्यसैले बिश्व प्रसिद्ध दार्शनिक कार्ल मार्क्सका अनन्य मित्र फेडरिख एंगेल्सले भनेका छन् — प्रकृतिका अधिशासित नियमको पालना गर, यसलाई जथाभावी दोहन नगर, अन्यथा यसले बाढी पहिरो, रोग ब्याथी र अनेक प्राकृतिक बिपत्ति ल्याएर बदला लिन्छ । यो कम मननयोग्य कुरा छैन ।

तर यो कुरालाई सही किसिमले मनन नगर्दा अहिले के चिन्ता निकै बढेको छ भने प्रकृतिसँग जोडिएर एक सन्तोषदायक जीवनको सम्भावना बढ्न सकिरहेको छैन । माटोको कटाई तथा उत्पादकताका कमीका कारणले भोक तथा पोषणको समस्या बिकराल रुप धारण गरिरहेको छ । अनि मरुभूमिकरण पनि बढिरहेको छ । यसले गर्दा बिश्वमा भोकमरी, कुपोषण र बिमारी तिनै कुरा बढिरहेको स्थिति छ ।

अनि भएको जलश्रोत नदी नाला, ताल तलैयाको संरक्षण सम्वर्धन गर्नुपर्ने  आवश्यकता पनि उत्तिकै छ । अनि यसको लागि बन र बनस्पतिहरुको संरक्षण सम्वर्ध्दन पनि आवश्यक छ । बनले नै बिश्वलाई बातानुकूलित तुल्याउँदछ । अनि जमिनका लागि आवरणको पनि काम गर्दछ । भूस्खलन रोकेर भूसंरक्षण गर्दछ । यसले जलको सञ्चयन गर्न पनि मद्दत गर्दछ । हरित ग्याँस सोस्दछ ।यसका अतिरिक्त जलवायु परिबर्तनलाई न्यून गर्न मद्दत गर्नुकासाथै बढ्दो तापमानमा पनि कमी ल्याउँदछ । सुखा, अकाल र बाढी पहिरोको बिभिषिकाबाट पनि बचाँउदछ । यी सबै महत्वलाई बुझेर नै प्राचीन ऋषिहरुले राष्ट्रको साँस्कृतिक, सौन्दर्यमूलक कार्य  एबं आर्थिक बिकासमा बनको अहं भूमिकालाई मानेका थिए ।

यतिबेला संयुक्त राष्ट्र संघको प्रस्ताब २०३० को लक्ष १५ मा पनि टिकाउ बन ब्यवस्थापनका जोड दिइएको छ । गरीबी, अनिकाल, बिमारी, बेरोजगारी, बिषमता, शोषण आदिबाट मुक्ति पाउनका लागि पनि हामीले यो धरालाई र हाम्रो देशलाई हराभरा बनाउनु पर्दछ । प्रष्टै छ कि जैबिक सम्पदा कुनै पनि राष्ट्रको अत्यन्तै अनमोल धरोहर र  सम्पदा हो । ‘लिभिङ्ग प्लानेट’ प्रतिबेदन २०२० का अनुसार पनि बर्ष १९७० देखि २०१६ का बीचमा लगभग ६० प्रतिशत पशुपंक्षी,जलचर तथा सर्प एबं माछाहरुको संख्यामा ठूलो कमी आएको छ ।यसकाे सम्वर्ध्दन गरेर नै हामीले प्रकृतिको यो धरोहरलाई फेरि पनि बचाउन सक्छौ  । प्रकृतिको यो सन्तुलनलाइ निरन्तर कायम राख्न हामीले पर्याबरणका जुन गम्भीरतम समस्याहरु उत्पन्न भएका या गरिएका छन् तिनको समाधान पहिल्याउने कुराबाट मुख मोड्न र समाधानहीन छोड्न सक्तैनौ ।

आज पृथ्बीको बढ्दो तापक्रमका कारणले अनेक प्रकृतिक बिपत्तीहरु आइरहेका छन् । पृथ्बीको यो बढ्दो तापक्रमलाई रोक्नका निम्ति जीबाश्म इन्धनको कमी र २०५० सम्ममा कार्बनरहीत बिकास लक्ष अबलम्बन गर्ने,अक्षैय ऊर्जाका श्रोतहरु ज्स्तै सौर्य, बायु, हाइड्रोजन आदिको उपयोग गर्ने,भएका बृक्ष र बनको संरक्षण र सदुपयोग गर्ने, आगलागी हुन नदिने उपाय अपनाउने र निरन्तर बृक्षारोपण गर्ने अनि प्लास्टिक, फोहारमैला आदिको समुचित ब्यवस्थापन गरेर बातावरण स्वच्छ बनाउने जस्ता अति महत्वपूर्ण कुराहरुलाई निरन्तरता दिएमा पर्याबरण सन्तुलित गर्न ठूलो मद्दत पुग्दछ ।

आज कोभिड–१९ महामारीको बेला र त्यस पछि पनि पर्याबरणका बारेमा अझ बढी महत्वकासाथ सोच बिचार गर्नु स्वास्थ्य र पर्याबरण दुबैका लागि अति आबश्यक छ । भनिन्छ चमेराका कारण उत्पन्न यो रोग बिश्वका सबै महादेशहरुमा फैलियो । अत्यन्तै बिकसित मानिएका अमेरिकी र यूरोपेली देशहरुमा पनि यसले नाकमा प्याज हाले जस्तै स्थिति बनाइदियो । त्यस्तो बेलामा पर्याबरण संरक्षणको लागि दृढ संकल्प, संयम र सजगताकासाथ प्रस्तुत हुनु अत्यन्त जरुरी छ । अहिले कोरोना हटेर गए पनि निकट भबिष्यमा यस्तै अर्को कुनै महामारीले फेरि पिरोल्ने परिस्थिति नबनोस् भन्नेतिर ध्यान केन्द्रित हुनै पर्दछ । यसका लागि यतिबेला हामीले जंगली जनाबरसँगको दूरी पनि कायमै राख्नु पर्ने देखिन्छ । प्रकृतिलाई हरितमय तुल्याएर रमाउन सिक्नु पर्दछ । किनभने यो मानिसको जीवनको आधार, गुजारा र जीवनचर्यासँग अभिन्नरूपले जोडिएको कुरा छ । पर्याबरण बिग्रियो र बढ्यो भने त्यसले गरीबी, भोकमरी, असमानता, बेरोजगारीलाई नै अभूतपूर्बरुपमा मलजल पुग्दछ । जमिन बिग्रियो भने किसानी र किसान मेटिन्छन् । पानी भएन भने माछा र मछुवार दुबै मेटिन्छन् । नदी ताल तलैया सुके भने गाउनै मेटिन्छ । प्रदुषणले पनि माहामारीका बिरुद्ध लड्ने हाम्रो क्षमतालाई घटाएको कुरालाई गम्भीररुपमा ख्याल राख्नै पर्दछ ।

समग्रमा यी सबै कुराबाट प्रष्ट हुन्छ कि प्रकृतिको सही किसिमले संरक्षण सम्वर्ध्दनबाट नै हाम्रा धेरैजसो समस्याहरुको निराकरण हुन्छ । प्रकृति मानिससँग डराएर झुक्दैन तर मानिसले सही किसिमले श्रम गर्यो भने, उसको श्रमको जल प्रकृतिलाई चढायो भने प्रकृतिले हार्छ । त्यसैले आज यो सारा बिश्व नै प्रकृतिसँग तादात्म्यता राखेर प्रकृतिससँग सुसम्बन्ध कायम गर्न चाहन्छ । त्यसो गनुृ ठिकै हो । अमेरिका पनि यतिबेला पेरिस जलवायु सम्झौतामा पुनः फिर्ता आएको छ । बृटेन पनि जैबिक बिबिधता अभिबृद्धि गर्न सबैभन्दा अगाडि रहेको बताइदैछ । चीन पनि प्रदुषण, पर्याबरण बिनाश र प्रकृतिको निर्मम दोहनका समस्या हल गरेर जानुपर्ने कुरामा जोड दिएर ग्रीन डेभलोपमेण्ट(हरित बिकास)को कुरा लागु गरिरहेको छ । भारतपनि इण्टरनेशनल सोलार एलाएन्स मार्फत सौर्य ऊर्जा उत्पादन बढाउन बिकसित देशहरुको मद्दतमा अग्रसर देखिएको छ  । संयुक्त राष्ट्र संघ पनि आफ्नो शक्तिकासाथ शतत बिकासद्वरा बिनाशकारी समस्याहरुको समाधानमा लागि परेकै देखिन्छ । त्यसैले, अन्त्यमा बिश्व प्रसिद्ध अग्रेजी साहित्यकार शेक्सपियरले लेखेको यो कुरालाई गम्भीरताकासाथ मनन गरौ कि ‘प्रकृतिको हल्का स्पर्शले बिश्वलाई एक बनाइदिन सक्छ’ । यसले पनि प्रकृतिसँग शतत तादाम्यताको नै माग गर्दछ ।

 

यो पनि पढ्नुहोस्

नागढुङ्गा–मुग्लिन सडक आयोजना पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द

नागढुङ्गा–मुग्लिन सडक आयोजना पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द

९ मिनेट अगाडि
मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक