मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेले मेयर बालेनलाई भ्रम नफैलाउन चेतावनी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमालेले मेयर बालेनलाई भ्रम नफैलाउन चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  सत्तारुढ दल नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा काठमाडौं महानगरप्रमुख बालेन शाहमाथि खनिएको छ।

एमाले अध्‍यक्ष केपी ओलीलाई गिरिबन्धु प्रकरणमा बालेनले पोस्ट गरेपछि आज सदनमा एमालेले बालेनलाई भ्रम नफैलाउन चेतावनीसमेत दिएको छ।

एमाले सांसद योगेश भट्टराईले सभामुखबाट बोल्नका लागि १७ मिनेट समय पाएका थिए। तर उक्त समय उनले बालेनमाथि आक्रोश पोखेर खर्चिए। जुन नेताहरू जेल बसेर, लडेर लोकतन्त्र ल्याए तिनै नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए।

सांसद भट्टराईले राजनीतिक इतिहास, संस्कृतिप्रति घृणा फैलाएको भन्दै बालेको देशभक्तिमाथि नै प्रश्न चिन्ह खडा गरे । उनले साइबर ग्याङबाट राजनीतिमा सधैँ नटिकिने टिप्पणी समेत गरे ।

सांसद भट्टराईको भनाई जस्ताको त्यस्तै 
हामीले काठमाडौँका बाटा चौडा बनायौँ, केशव स्थापित नै हुनुहुन्थ्यो, माइतीघर मण्डला, तीनकुने लगायतका ठाउँहरूलाई विस्तार गर्न हामीले भूमिका खेल्यौँ । पछिल्लो पटक विद्यासुन्दर शाक्य आएपछि काठमाडौँको पुनर्निर्माणमा उल्लेख्य भूमिका खेल्यौँ । रानीपोखरी, कमलपोखरी बनायौँ, दरबार हाइस्कूल बनायौँ । दरबार स्क्वायरको पुनर्निर्माणको काम गर्यौै । यी तमाम कामहरू नेकपा एमालेको नेतृत्वमा भएको छ ।

आज काठमाडौँ महानगरका प्रमुखज्यूलाई सहयोग गर्न तयार छौँ । काठमाडौँलाई ल्याण्डफिल साइट चाहियो, नेकपा एमालेको सरकारको पालामा हामीले ल्याण्डफिल साइट खोज्यौँ, त्यसले क्षमता अपुग भयो भनेर बञ्चरे डाँडामा अर्को ठाउँ खोज्यौँ, त्यसका लागि केपी ओली सरकारले १५ अरबको लगानीमा बनाएको हो र त्यहाँसम्म जाने बाटो त्यही बेला बनाएको हो, त्यो कुरा हामी नर्बिसौँ । यहाँका चोकहरूलाई सांस्कृतिक सम्पदा बनाउन विद्यासुन्दरजीले खेलेको भूमिका नबिर्सौँ । १५ अरब रुपैयाँ बचत गरेर उहाँ बिदा हुनुभयो ।

म भन्न चाहन्छु बालनजीलाई पैसा कति चाहियो ? सरकारले दिन्छ कति चाहियो ? हामी दिन्छौँ । सरकारले दिन तयार छ, हामी अर्थमन्त्रीलाई भनौँला, प्रधानमन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउन तपाईँका योजना के छन् ? आउनुस् हामी सँगसँगै काम गरौला ।

तर उत्तेजना फैलाएर, उच्छृङ्खल गतिविधि गरेर तपाई मार्फत लाखौँ युवाहरूले यो देशको भविष्य खोजेका हुन् । लाखौं युवाहरूले आफ्नो भविष्य, सपना तपाई मार्फत खोजेका हुन् । तर पछिल्ला दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यस ढङ्गले अगाडि नबढ्न पनि म भन्न चाहन्छु ।

नेताहरू जेल बसेको कुरालाई तपाईले मजाक बनाउनुभयो, तिनै नेताहरू जेल बसेर, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड चाहे अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुर जो आज यो संसदको अग्र भागमा हुनुहुन्छ, उहाँहरु नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ । त्यसवापत तपाई आज काठमाडौं महानगरको मेयर हुनुभएको छ । अनि ती नेताहरुको जेल बसाईलाई तपाईले आज मजाक उढाउँने ?

हामी भन्न चाहन्छौँ, त्यो मानिस मात्रै देशभक्त हुन्छ जसले आफ्नो इतिहासप्रति गर्व गर्छ, संस्कृतिप्रति गर्व गर्छ र आफनो देशप्रति गर्व गर्छ । आफ्नो इतिहास, संस्कृतिप्रति कसैले भत्र्सना गर्छ भने त्यो नागरिक कसरी देशभक्त हुन सक्छ ? आज केपी ओली जेल बसेको कुरालाई तपाईले उढाउँदै हुनुहुन्छ, म भन्न चाहन्छु, यस ढङ्गले तपाईले भण्डाफोर गर्ने हो भने यो त आफ्नै आमाको अस्तित्वमाथि तपाईले चिर्थोदै हुनुहुन्छ । यी नेताहरुले लडेर ल्याएको लोकतन्त्र हो । यीनै नेताहरुलाई बदनाम गर्दै हुनुहुन्छ । आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाएको जस्तो ।

बालनजीलाई म भन्न चाहन्छु तपाईको आमा पवित्र हुनुहुन्छ, तपाईको आमाप्रति शंका नगर्नुस तर तपाईँका गतिविधिले आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउँदै हुनुहुन्छ, प्रश्न उठाउँदै हुनुहुन्छ भने यो समाजलाई तपाई कता लाँदै हुनुहुन्छ ? तपाई काठमाडौँ महानगरको प्रमुख हो नभुल्न अनुरोध गर्दछु ।

हरेक व्यक्तिका आफ्ना सीमा छन्, अधिकार छन्, कानुनले अधिकार दिएको छ, कानुनले सीमा तोकेको छ, त्यो सीमा र अधिकारभित्र हामी बस्नुपर्दछ । नेताहरूलाई गाली गलौच गर्नु, आफ्ना अभिभावक जस्ता नेता, यो देशको लोकतन्त्र र गणतन्त्र ल्याउन लडेका नेकपा एमालेका नेतृत्वमाथि गालीगलौज गर्नु आफैले आकाशतिर फर्किएर थुकेपछि त्यो कहाँ झर्छ भन्ने कुरा बालेनजीलाई थाहा हुनुपर्छ ।

आज मैले यो बोलिरहँदा बालेनजीका साइबर ग्याङले हामीलाई लखेट्न खोज्लान् तर त्यसबाट हामीले डराउनुपर्ने छैन । साइबर ग्याङले राजनीतिलाई थाम्न सक्दैन, त्यो क्षणिक हुन्छ, उत्तेजनामा हुन्छ, मनोरञ्जनको रूपमा हुन्छ । राजनीतिलाई दिगो बनाउन साइबर ग्याङबाट टिक्न सकिँदैन । त्यो कुरा हामीले दुनियाँका धेरै उदाहरणबाट हामीले देखेका छौँ ।

यो पनि पढ्नुहोस्

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

५१ मिनेट अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

यस्ताे छ माैसम

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक