काठमाडाैं । नेपालको इतिहासप्रति हामी किन गौरव गर्छौँ भने हाम्रा वीर पुर्खाले हामीलाई गौरवशाली इतिहास छोडेर गएका थिए । त्यो गौरव खास गरी हाम्रा पुर्खाको वीरतासँग जोडिएको छ, तिनले देशको माटोको सुरक्षा र प्रतिरक्षामा बगाएको पवित्र रगतसँग जोडिएको छ । त्यही गौरवको गाथालाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि ग्रेटर नेपालको नक्सामार्फत् जीवन्त राख्ने प्रयास गर्दै आइरहेको छ ।
माटोको मुद्दा सय, दुई सय वर्षमा सकिँदैन, हजार वर्ष पछिसम्म पनि जमिनमाथिको स्वामित्वको प्रश्न उठाउन सकिन्छ । नेपालसँग सुगौली सन्धि गर्ने संयुक्त अधिराज्य ग्रेट ब्रिटेन उक्त सन्धि भएको १२९ वर्षपछि क्ष्लमष्बल क्गदअयलतष्लभलत छाडेर गएको पनि अहिले ७५ वर्ष पुगिसकेको छ । ब्रिटेनले उपनिवेशमा राखेको नेपालको भूमिमा इन्डियाले पुनः उपनिवेश कायम गरेको पनि त्यति नै वर्ष पुगेको छ, तर नेपाल र इन्डियाबीच १९५० जुलाई ३१ मा भएको नेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ अनुसार सुगौली सन्धि रद्द भई नेपालको सिमाना सुगौली सन्धिपूर्वकै अवस्थामा पुगिसकेको तथ्य दिनको घामजत्तिकै छर्लङ्ग छ । यसैका आधारमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज मिति २०२४ जुन ०२ तारिखका दिन ग्रेटर नेपालको नक्साको पाँचौँ संस्करण सार्वजनिक गर्दै छ ।
ग्रेटर नेपालको नक्साको यो पाँचौँ संस्करण ऐतिहासिक तथ्य र अभिलेखमा आधारित रहेर तयार पारिएको छ । समुद्र गुप्तको अलाहबाद प्रशस्तिमा नेपालको पूर्वी सिमाना असमको कामरूपसम्म भएको उल्लेख इन्डियाली इतिहासविद्हरूले गरेका छन् भने ग्रेटर नेपालको पश्चिमतर्फको सिमाना रावी नदी हो भन्ने कुरा डेभिड अक्टरलोनी र बडा काजी अमरसिंह थापाबीच १८१५ मे १५ मा भएको एक सम्झौतामा उल्लेख भएको पाइन्छ । दक्षिणतर्फको सिमाना निर्क्यौल गर्न अझै खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ । आजको मिति जुन २, २०२४ मा ३३४२५० वर्ग किलोमिटर क्षेत्रफल भएको ग्रेटर नेपालको नक्साको पाँचौँ संस्करण सार्वजनिक गरिएको छ । पछि प्राप्त हुने तथ्य र अभिलेखका यसका नयाँ संस्करणहरू प्रकाशित हुँदै जानेछन् ।
इन्डियाको सरकारले नेपालको भूमि समावेश गरी काल्पनिक, मनगढन्ते र अतिरञ्जित ‘अखण्ड भारत’ को नक्सा विश्वव्यापी गरेका सन्दर्भमा तथ्यमा आधारित ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नु इन्डियाविरुद्ध पौँठाजोरी वा चुनौती होइन , यो केवल नेपाल पक्षधरता हो ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ, नेपाल


