बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ओलीको टिप्पणी : मेयर शाहको व्यवहार असभ्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । सडक निर्माणका विषयमा मतभेद भएपछि दबाब दिन मेयर शाहको निर्देशनमा काठमाडौँ महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धुलो लगेर खन्याएको थियो । उक्त घटनापछि मेयर शाह र एमाले नेता उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको सम्बन्ध चिसिएको छ ।

सोही घटनालाई ओलीले आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निर्क्योल गरेर निर्धक्क भन्न नसकिरहेको पनि जिकिर गरे ।

‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ? गलत गर्‍यौँ भनेर कसैले भन्न सक्दैन । के हालत होला ? यो गलत हो । यस्ता क्रियाकलाप स्वतन्त्र र सभ्य समाजको लागि हुन हुँदैन,’ उनले भने, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन ? उनीहरूको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्या बात लेख्छ । अनि अरू चुप लागेर बस्छन् झोक्राएर । यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन ! यो एउटा महत्त्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ?’

उनले युवा संघका नेता कार्यकर्तालाई नेतृत्व र पदका छनोटको लागि अप्ठेरो पर्‍यो भने आपसमा विवाद नगरी पार्टीमा सोध्न आउन आग्रह गरे । बाहिर नभने पनि कामको मूल्याङ्कन गरेर बसेको भन्दै उनले प्रदेश–प्रदेशमा उपाध्यक्ष आवश्यक रहेकाले संगठनमा सच्याउन निर्देशन दिए ।

उनले भने, ‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस् । नेतृत्व र पदका लफडा । अप्ठेरो प¥यो भने पार्टीमा सोध्न आउनुस्, कसलाई बनाउने हामी भन्दिन्छौं । हामीले कामको मूल्याङ्कन गरेर बसेका छौँ, नभनेका मात्रै हौँ । हामी धेरै भन्दैनौँ, कसको कहाँ सच्याउनुपर्ने, तर अध्यक्ष एउटै हुने हो । उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन, तैपनि पार्टीमा पनि छ उपाध्यक्ष, तर चाहिने कुरा होइन । मान्छेहरूको स्वार्थ बिसाउने ठाउँ चाहिने नि त चौतारो । त्यो स्वार्थ बिसाउने ठाउँमा मात्रै हो । प्रदेश–प्रदेशमा उपाध्यक्ष चाहिँदैन भन्छ । सकेसम्म सच्याउनुस् ।’

यो पनि पढ्नुहोस्

गगन थापालाई राजीनामा नदिन आग्रह

गगन थापालाई राजीनामा नदिन आग्रह

९ मिनेट अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साउदीले १८ वटा ड्रोन खसालेको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक