काठमाडौं । उदयपुरको बेलका नगरपालिका-८ सिसौलीघाटबाट २ सय ८० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरले एरिया गस्ती गर्ने क्रममा बिहान करिब ७ बजेको समयमा गाँजा बरामद भएको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको अधारमा सिसौलीघाटको जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्ता गाँजा बरामद गरिएको हो । गाँजासँगै २ थान ट्युब र एउटा सानो ठेला गाडा पनि भेटिएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको थापाले जानकारी दिए ।