मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सहकारीको बारेमा गृहमन्त्रीदेखि महान्यायाधिवक्तालाई बोलाउन सुझाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सहकारीको बारेमा गृहमन्त्रीदेखि महान्यायाधिवक्तालाई बोलाउन सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन सुझाव दिएका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानबिनको दायराबाट बाहिर नरहेको बताए। थापाले भने, ‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ। एक रूपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानूनी नै हो।

गोरखा मिडियाको मालिका जीबी हुन् कि छबि हुन् कि रवि हुन् । जो भए पनि समितिले बोलाउँछ र कानूनबमोजिम कारबाहीको सिफारिस पनि गर्छ। समितिका साथीहरूबाट यही भूमिकाको अपेक्षा हामीले गरेका छौं।’

महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने जनाए ।

उनले गृहमन्त्रीले आफ्नो पदको गरिमालाई बेवास्ता गर्दै बरालिएकोसमेत टिप्पणी गरेका छन्। उनले देश अप्ठ्यारोमा परेका बेला नक्कली कागज बनाएर विदेशीने र पछि आएर सराप्ने एक पात्रको उदाहरण दिँदै गृहमन्त्रीप्रति बरालिएको टिप्पणी गरेका हुन्। गृहमन्त्री प्रति लक्षित गर्दै उनले भने, ‘संसदको दृश्य सम्झिसकेपछि एउटा पात्रको याद आयो। बागलुङमा एक जना साथी हुनुहुन्छ। त्यतिबेला देश छाडेर गए। शरणार्थी भए। केही छट्टुहरुले अप्ठ्यारो नपरेको बेलामा अप्ठ्यारोमा परेको छु भन्दै नक्कली कागजात बनाएर बाहिर गए। केही समयपछि नेपाल त ठीकठाक बनायौं। हामीले अनेक संघर्ष गरेर देश ठीकठाक पार्‍यौं। अनि उनी फर्किए, नयाँ अवतारमा आए। अहिले खानपिने गरेको बेला राति छतमा गएर चिच्चयाउँने कराउने गर्दा रहेछन्। अरुलाई गाली गर्ने अपशब्ध बोल्ने रहेछन्। त्यसो किन हो त भन्दा हिजो आफूले गरेका नक्कली कामबारे आफैं भन्न भएन।’

यस्तै गृहमन्त्रीले पहिलाका सत्ताले प्रयोग गरेर काम नलाग्ने भुत्ते भइसकेका कुराहरु निकाले सदनको गरिमा राख्न नसकेको महामन्त्री थापाको भनाइ थियो। उनले यसको हिसाब गृहमन्त्री मात्र नभइ प्रधानमन्त्रीसँगै लिने चेतावनीसमेत दिए।

यो पनि पढ्नुहोस्

देउवाको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता

देउवाको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता

४ दिन अगाडि
नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी

नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

दाउरा थकालीमा आगलागी

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

आज तराई–मधेशमा हाेली पर्व मनाइँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक