काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले सत्ताको मेन पिल्लर एमालेसँग सल्लाह नै नगरी आगामी आर्थिक बर्षको बजे ल्याएको आरोप लगाएका छन्।
आईतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिंदै उनले एमालेसँग सल्लाह नै नगरी बजेट आएको जनाएका हुन्।
उनले भने,‘ सरकारले बजेट ल्याउँदा सत्ताको मेन पिल्लरसँग सल्लाह गरेन, अन्य सेक्टरमा के गर्यो, थाहा भएन,यो अझै राम्रो बनाउन सल्लाह गरेको भएन हुन्थ्यो, अर्थमन्त्रीको समय पुगेन होला, नियतबस होला भनेर म बुझ्दिन’ उनले बजेट ल्याउँदा सरकारले सत्तारुढ दलहरुलाई जस दिने कुरा र अपनत्व लिने कुरामा कन्जुस्याइँ गरेको देखिएको पनि तर्क गरे।
बजेटमा मन्त्रालयगत विनियोजन सन्तुलन गर्नुपर्नेमा पनि सरकार चुकेको उनको भनाइ छ। जेठ १५गते सरकारले १८ खर्ब ६० अर्ब ३० करोड हाराहारीको बजेट ल्याएको छ। सोहि बजेटमाथिको सदनमा सामान्य छलफल आइतबार सुरु भएको हो।


