काठमाडाैं । संसद्मा आजदेखि बजेटमाथि छलफल हुँदै काठमाडाैं संघीय संसद्मा आज (आइतबार)देखि बजेटमाथि छलफल हुँदैछ । आज बस्ने संघीय संसद्का दुवै सदनको बैठकमा बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ । बिहान ११ बजे प्रतिनिधिसभाको तथा दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बोलाइएको हाे ।
दुवै सदनमा सरकारले जेठ १५ गते मंगलबार प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
यस्तै राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययमाथिको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । यसैगरी राष्ट्रियसभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।