शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सञ्चारसम्बन्धी कानूनलाई समावेशी बनाउन सक्दो पहल गर्नेछु : मन्त्री शर्मा

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
सञ्चारसम्बन्धी कानूनलाई समावेशी बनाउन सक्दो पहल गर्नेछु : मन्त्री शर्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानूनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाँचौँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘आमसञ्चार माध्यम र समावेशीकरण’ विषयक अन्तरक्रियामा मन्त्री शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानून, मिडिया काउन्सिलसम्बधी कानून र सामाजिक सञ्चाल नियमन गर्न बन्ने कानूनलगायत सञ्चारसम्बन्धी सबै कानूनलाई हरेक तबरबाट समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

‘यहाँहरुले भन्नुभयो कि सञ्चारमा दलितको सहभागिता कम भयो, तर सञ्चारसम्बन्धी धेरै पुराना कानून छन्, चलचित्र ऐन २०२६ सालको छ, अब त्यति बेला समावेशिताको कल्पना पनि गरिएको थिएन, त्यसलाई नयाँ कानून बनाएर समावेशी बनाउनुपर्ने छ’, मन्त्री शर्माले भनिन् ।

आमसञ्चारसम्बन्धी ऐन अहिले छलफलमै क्रममा रहेकाले सुझावका लागि उनले आग्रह गरिन् । ‘तपाईं हामी एकातिर अभिव्यक्ति स्वतन्त्रताको निम्ति लडिरहेका छौँ भने अर्कोतिर त्यसभित्रको समावेशिताको निम्ति लडिरहेका छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता यत्तिकै आएको होइन, यो प्राप्तिको निम्ति सबैको उत्तिकै भूमिका रहेको छ’, उनले भनिन् ।

सरकारका प्रवक्ता समेत रहेकी शर्माले संविधानमा उल्लेख दलितसम्बन्धी अधिकारलाई जतिसक्दो चाँडो कानून निर्माण गरी कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। दलित समुदायले भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतलगायतका समस्या समाधानका लागि भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सचेतनामार्फत अन्त्य गर्नुपर्नेमा मन्त्री शर्माको जोड छ ।

कार्यक्रममा संविधानसभा सदस्यद्वय विनोद पहाडी र कमला विश्वकर्मा, आदिवासी जनजाति महासङ्घका अध्यक्ष गजुरधन राई र सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवालगायतले आमसञ्चार माध्यमलाई विषयवस्तु र सहभागिताको हिसावले पूर्ण समावेशी बनाउनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस्

नाउपामा भाँडभैलो सुरु

नाउपामा भाँडभैलो सुरु

७ घण्टा अगाडि
नेपालको बजेट नेताहरुको निजी सम्पत्ति हो कि साझा सम्पत्ति हो ?

नेपालको बजेट नेताहरुको निजी सम्पत्ति हो कि साझा सम्पत्ति हो ?

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक