बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

झापामा एक छात्रामाथि धारिलो हतियार प्रहार

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
झापामा एक छात्रामाथि धारिलो हतियार प्रहार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

झापा / प्रेम सम्बन्धमा खटपट भएका कारण झापामा अर्को अप्रिय घटना भएको छ।

दमकमा एक छात्रामाथि गोली प्रहारको घटना भएको एक महिना नबित्दै भद्रपुरमा शुक्रबार प्रेम सम्बन्धमा खटपट भएकै कारण अर्की छात्रामाथि पनि धारिलो हतियार प्रहार भएको छ।

भद्रपुरकी एक युवतीमाथि धारिलो हतियार (दाउ) प्रहार गरिएको हो। भद्रपुर नगरपालिका- ९ घोडामारास्थित शान्तिटोल निवासी १७ वर्षीया श्रेया राईमाथि भद्रपुर- ६ भानुभोक निवासी १८ वर्षीय अभिषेक कर्णले शुक्रबार बिहान पौने ११ बजे दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

दाउ प्रहारबाट श्रेयाको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ। उनको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ।

घोडामारा प्रहरी चौकीले दाउ प्रहार गर्ने अभिषेकलाई घटनास्थलबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, झापामा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए। प्रहरीका अनुसार श्रेया एसएस निकेतन अंग्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

विद्यालयबाट कक्षा ११ को वार्षिक परीक्षा दिएर श्रेया स्कुल बस चढेर घर फर्किएकी थिइन्। बसबाट ओर्लिएर घरतर्फ हिडेर गइरहेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए।

पक्राउ परेका अभिषेकले श्रेया आफ्नी प्रेमिका भएको र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ।

अभिषेक पनि एसएस निकेतनमा पढ्थे। कक्षा १२ को परीक्षा दिएर उनी घर बसिरहेका थिए। यस्तो घटना घटेपछि एसएस निकेतनका शिक्षक तथा विद्यार्थीहरू चकित परेका छन्।

‘दुवै विद्यार्थी सरल स्वभावका हुन्,’ विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले भने, ‘अभिषेकले कल्पना गर्न नसक्ने घटना घटायो।’ श्रेयामाथि दाउ प्रहार गर्ने घटना दुःखद भएको उनको भनाइ छ ।

यसअघि गत बैशाख २१ गते दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको थियो। उदयपुर घर भइ दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारी (निशा) माथि गोली प्रहार भएको थियो।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी एनिकामाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठाननजिकै गोली प्रहार भएको हो। उनीमाथि सिरहा घर भएका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

एनिकाले केही समयअघि यादवविरुद्ध उदयपुर जिल्ला अदालतमा बलात्कार र मानव बेचबिखनको मुद्दा दायर गरेको अनुसन्धानको क्रममा खुलेको छ।

उनै यादवले एनिकामाथि गोली प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आरोपी यादवलाई खोजी गरिरहेको प्रहरीले बताए पनि अहिलेसम्म फेला पार्न सकेको छैन।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषधसहित ६ जना पक्राउ

करिब २ सय २३ किलो गाँजा सहित सर्लाही र बाँकेबाट चार जना पक्राउ

१४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

जुवा (ओखर) खेलिरहेको अवस्थामा १० जना पक्राउ

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक