बिहि, चैत्र ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं। चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । चिनियाँ पर्यटक भित्र्याउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबिच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विनायक शाहले चीनबाट बढीभन्दा बढी पर्यटक नेपालमा भित्र्याउने र उनीहरुलाई यहाँ आउन आकर्षित गर्ने लक्ष्यका साथ चीनमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार चीनको बेइजिङमा जेठ २०, २१ र २२ गते तथा छेन्दुमा जेठ २३, २४ र २५ गते कार्यक्रम गरिनेछ । “कोभिडपछि हामीले पर्यटन प्रवर्द्धन पनि गरेका छैनौँ, त्यसैले नेपाल भ्रमण प्याकेज कार्यक्रमसहित भ्रमणका लागि अग्रिम समय लिने (बुक) गर्ने उद्देश्यले चीन जादैछौँ”, अध्यक्ष शाहले भन्नुभयो ।

उहाँका अनुसार नेपाल ‘डेष्टिनेसन वेडिङ’का रुपमा भारत र चीनको रोजाइमा पर्ने गरेको छ । ‘नेपालमा पर्यटन भित्र्याउन हामी सबै हिसाबले तयारी छौँ’ भन्ने सन्देश दिनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागिएको शाहको भनाइ छ । कोभिड–१९ महामारीपछि पहिलो पटक हुन लागेको यस कार्यक्रमको होटल सङ्घ नेपालका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटल सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

कोभिडपछि चिनियाँ पर्यटकको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको अध्यक्ष शाहले बताउनुभयो । नेपाली प्रतिनिधिमण्डलले ‘चिनियाँ ट्राभल तथा टूर अपरेटर’सँग ‘बीटूबी मिटिङ’ गर्ने भन्दै उहाँले प्रवर्द्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक नेपालमा बढाउन प्रत्यक्ष योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो । बेइजिङ र छेन्दुमा होटल सङ्घ नेपाल र समकक्षी चाइना होटल सङ्घ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न सङ्घसंस्थाबीच तालिम, प्रशिक्षणका साथै दुई पक्षीय पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

दुई देशबिचको सम्बन्धलाई पथ प्रगाढ तुल्याउन मद्दत गर्ने विश्वास लिइएको छ । चीनबाट बढीभन्दा बढी हवाई सम्र्पक सञ्जाल अभिवृद्धिका लागि पनि पहल गरिने अध्यक्ष शाहको भनाइ छ । उहाँका अनुसार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारीरुपमा सञ्चनल गर्न पहल गरिने योजना छ । उक्त कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालयले गर्ने होटल सङ्घका प्रवक्ता साजन शाक्यले बताउनुभयो । उहाँका अनुसार नेपालको पर्यटनसम्बन्धी प्रस्तुतिकरण पर्यटन बोर्डबाट हुनेछ ।

यो पनि पढ्नुहोस्

अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

२ मिनेट अगाडि
सडक यात्रा सुरक्षित बनाउने राज्यको दायित्व

रविमाथि सहकारी ठगी मुद्दाको सुनुवाइ हुँदै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरोक्को अफ्रिका कप अफ नेसन्सको विजेता घोषणा

रविमाथि सहकारी ठगी मुद्दाको सुनुवाइ हुँदै

अमेरिकाबाट मेक्सिको सार्ने प्रस्ताव अस्वीकार

नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन

रास्वपा नवनिर्वाचित सांसदहरुलाई निर्देशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक