संखुवासभा । धर्मदेवी नगरपालिका-७ मालबाँसे बस्ने केदार बुढाथोकीको घरमा बुधबार दिउँसो आगलागी हुँदा नगद, लत्ताकपडा, भाँडावर्तन, अन्नपात, लगायतका सरसामान जलेर करिब २६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
अचानक चट्याङ पर्दा विद्युत मिटर सट भई आगलागी भएको बताइएको छ । प्रहरीले स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।