बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सीमा क्षेत्रका जनताका समस्या किन बुझ्दैनन् शासक ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

भारतसँगको सीमा क्षेत्रमा बस्ने नेपाली विभिन्न समस्याले वर्षौंदेखि पीडित छन् । खुला सिमानाका कारण सीमा वारपार आपराधिक गतिविधि नियन्त्रणमा ठूलो चुनौती हुँदै आएको छ । नेपालमा आपराधिक गतिविधि गरेर सहजै भारतमा गएर लुक्ने वा भारतबाट आएर नेपालमा आपराधिक गतिविधि गर्ने अनि भारत नै फर्किने कारणले तराई मधेसमा आपराधिक गतिविधि न्यूनीकरण हुन सकेको छैन । खुला सिमानाबाट वर्षौंदेखि दुवै मुलुकका नागरिकहरू आवत–जावत गरिरहेका छन् ।

नेपालका सीमावर्ती क्षेत्रका अधिकांश बासिन्दा भारतीय बजारमा निर्भर छन् । सीमामा बस्नुको दुइटा पाटा छन्, सुख पनि दुःख पनि । भारतसँग जोडिएका नेपाली गाउँबस्तीहरूको भारतीय गाउँहरूसँग सम्बन्ध एकैनासको छैन । भौगोलिक रूपले दुई देशका वासिन्दा भए पनि सामाजिक, सांस्कृतिक रूपमा एकैखाले सम्बन्ध रहँदै आएको छ । उनीहरूबीच रोटी र बेटीको सम्बन्ध पनि छ । ।।।खुला सीमा हुनु अनि सीमा जोडिएका गाउँबस्ती हुनुको सकारात्मक र नकारात्मक दुबै पक्ष छ । सीमा जोडिएकै कारण आपराधिक गतिविधिमा संलग्नता र चोरी–पैठारीमा सक्रिय हुनेहरूको संख्या पनि उल्लेख्य रहेको छ । दुबै मुलुक आवत–जावत गर्नेको अत्यधिक भीड, सवारी जाम, यात्रु तानातान, लुट, अवैध असुली, चोरी, भन्सार छली र तस्करी लगायत विकृति छन् । वर्षांैदेखि खुलेआम लागूऔषध सेवन र खरिद–बिक्री भइरहेको छ । वर्षायाममा भारतीय पक्षले कानुन मिचेर बनाएका बाँधका कारण सीमा क्षेत्रका गाउँमा हुने डुबानका समस्या त उस्तै छन् ।

यस्तै, तराई मधेसमा अहिले लुटपाटका घटना पनि बढिरहेका छन् । गत वैशाख २४ गते जनकपुरधाममा दिनदहाडै हतियारधारी तीन जनाको समूहले सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेर फरार भए । जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिकसमेत ग¥यो । घटनामा ८ जनाको संलग्नता देखिए पनि दुई जना पक्राउ परेपछि धनुषा प्रहरीले अधुरो अनुसन्धानको भरमै उनीहरुलाई वैशाख ३० मा सार्वजनिक ग¥यो । वैशाख २४ मा धनुषाको सबैला नगरपालिका–१२ मा रहेको श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले जनकपुरधामस्थित हिमालयन बैंकबाट ९० लाख रुपैयाँ झिकेका थिए । उनले १० लाख जनकपुरधाममै खर्च गरेर ८० लाख लिएर जाँदै गर्दा बाटोमा उनको रुपैयाँ लुटियो । यस्तै, गत चैत २५ मा दिउँसोको समयमा हतियार देखाएर सिरहामा मनि ट्रान्सफरको रकम लुटियो । विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट नै हतियार देखाएर उक्त रकम लुटियो । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगदसहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खाली चेक र मोबाइलसमेत लुटेर फरार भएका थिए ।

यी प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय मधेस प्रदेशका जिल्लाहरुमा दिनदहाडै हुने लुटपाटको घटनामा वृद्धि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १५ वटा डाँका तथा चोरीको घटना दर्ता भएका छन् । यस्ता घटनाहरुले तराई मधेसको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँगै करिब १ हजार ४ सय १४ किमि सीमा लम्बाइ छ । त्यसमध्ये नेपालको दार्चुलामा पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा, नवलपरासीको सुस्ता भारतीय अतिक्रमणमा परेका छन् । भारतले कालापानी र सुस्ता दुवै भूभाग विवादित क्षेत्र मान्दै आएकामा २०७६ कात्तिकमा कालापानीदेखि लिम्पियाधुरासम्मलाई एकलौटी रूपमा आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा राखेको थियो । यी दुवै विषयमा नेपालले कूटनीतिक नोट पठाए पनि भारतले गम्भीरतापूर्वक लिएको छैन । तर, सीमा विवाद समाधान र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा वार्ता हुन सकेको छैन ।

परिस्थिति जस्तोसुकै विकराल र जटिल भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो हुनुपर्छ । राज्यको क्षमता वृद्धि गर्नु तथा सीमा क्षेत्रमा आउने सुरक्षा निकायलाई विशेष प्रशिक्षण दिने, सीमा क्षेत्रमा सामानान्तर सडकको व्यवस्था गरी पेट्रोलिबको व्यवस्था गर्ने, सीमा सुरक्षा बलको चौकीलाई अत्याधुनिक साधनस्रोत बनाउने, सीमा क्षेत्रमा आर्थिक पछौटेपनलाई समाप्त गर्न प्याकेजका कार्यक्रम ल्याउने, नागरिकमा खुला सीमाको उपयोग गर्ने दायित्वको चेतना जगाउने आवश्यक छ । यसैगरी सीमा क्षेत्रमा हुने अस्वाभाविक गतिविधिलाई बेलैमा जनाउ दिने काम गर्न सकिन्छ । यस्तो भावनाको विकास भयो भने गलत मनसायका मानिसहरूले नागरिकता बनाउने, आश्रय लिने, फिरौतीका लागि मानिसलाई थुनेर राख्नेजस्ता काम हुँदैन । त्यसैगरी भारतीय समकक्षी विभिन्न चरणको समन्वय गर्न सकिन्छ।

बैठकहरू र छलफलका निष्कर्ष वा सम्झदारीहरूलाई संस्थागत स्मृति पत्रमा राख्नुपर्दछ । पछिल्ला समयहरूमा केही राम्रा संकेतहरू देखिएका छन् । सीमा क्षेत्रमा प्रहरी प्रशासनको संयुक्त बैठकहरू बसेका छन् । जनस्तरमा आफ्नो दायित्वका क्रममा देखाएको सकारात्मक पहलहरूलाई प्रोत्साहन दिनु जरुरी छ ।

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

९ महिना अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

९ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक