शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सबै क्षेत्रबाट सन्तुलित बजेट आएको प्रतिक्रिया : अर्थमन्त्री पुन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सबै क्षेत्रबाट सन्तुलित बजेट आएको प्रतिक्रिया : अर्थमन्त्री पुन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेका जनाउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उहाँले सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइरहेको जनाउनुभयो ।

“बजेटमा अलिअलि आलोचना स्वाभाविक हो । केही ठाउँबाट आलोचना पनि भएका छन् । अधिकांश क्षेत्रले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन्”, अर्थमन्त्री पुनले भन्नुभयो । तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएका निकायले स्वागत गरी स्वीकार गरेका उहाँको भनाइ छ । बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिएको अर्थमन्त्री पुनले जनाउनुभयो । पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनमा समस्या देखिएको उहाँको भनाइ छ । “आन्तरिक ऋणको मात्रा बढिरहेको छ । यस्तो अवस्थामा स्रोत जुटाउनु चुनौतीपूर्ण भएको छ । चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउनेतर्फ सबैले सोच्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।

कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायत प्राथमिकता पाएका क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री पुनले जोड दिनुभयो । आर्थिक ऐनमार्फत करका दर हेरफेर गर्दा आवश्यकता र औचित्य हेरिएको उहाँले दाबी गर्नुभयो । उहाँले स्टिल उद्योगले प्रयोग गर्ने कच्चापदार्थ ‘स्पन्ज आइरन’ र ‘बिलेट’मा करका दर हेरफेर गर्दा टिप्पणी आउने सम्भावना थियो भन्दै विभिन्न सरकारी अध्ययनको आधारमा ती वस्तुमा करको दर हेरफेर गरिएको बताउनुभयो । “स्पन्ज आइरनका विषयमा तरङ्ग आउँछ भन्ने लागेको थियो, आयो पनि । यो विषय अध्ययन र छलफल गरी ल्याएका हौँ”, अर्थमन्त्री पुनले भन्नुभयो, “यसबारे आजै व्यवसायीसँग छलफल गर्दछौँ । हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौँ । तथ्यमा आधारित भएर यसतर्फ काम गरेका हौँ ।”

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम ल्याइनु स्वागतयोग्य रहेको जनाउनुभयो । “वित्तीय क्षेत्र सुधारसँग सम्बन्धित कार्यक्रम बजेटमा आएका छन्, यो स्वागतयोग्य छ । यी कार्यक्रम कार्यान्वयनको नेतृत्व लिन राष्ट्र बैङ्क तयार छ”, उहाँले भन्नुभयो । डिजिटल भुक्तानीको प्रवर्द्धन, केन्द्रीय बैङ्क डिजिटल करेन्सी, ग्रीन फाइनान्स ट्याक्सोनोमीलगायत विषय समावेश भएको बजेटको घोषणाले राष्ट्र बैङ्कको कार्यक्रमलाई थप सहयोग पुग्ने डेपुटी गभर्नर मिश्रको भनाइ छ । बझाङको साइपाल गाउँपालिकामा बैङ्कको शाखा स्थापना गर्ने नीति ढिलै गरी भए पनि आउनु सकारात्मक भएको उहाँले जनाउनुभयो । “साइपाल मात्रै बैङ्क शाखा नभएको एकमात्र पालिका हो ।

उक्त पालिकामा शाखा स्थापना गर्ने जिम्मा एभरेष्ट बैङ्कले वि.सं.२०७४ मा पाएको थियो । सडक, इन्टरनेटलगायत पूर्वाधार नहुँदा बैङ्कले शाखा स्थापना गर्न सकेको छैन”, डेपुटी गभर्नर मिश्रले भन्नुभयो । साइपालमा शाखा स्थापना गर्ने नीति आउनु सकारात्मक रहेको उहाँको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय सकारात्मक भएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने जनाउनुभयो । बजेटमा समावेश भएका निजी क्षेत्रको मागको सफल कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ छ । स-साना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्ने जस्ता कार्यक्रम निजी क्षेत्रको सुझावअनुसार नै बजेटमा प्राथमिकताका साथ आएका अध्यक्ष ढकालले जनाउनुभयो । पुराना बजेटका कतिपय कार्यक्रम तथा नीतिलाई नयाँ बजेटले काट्नु दुःखद पक्ष भएको उहाँको भनाइ छ ।

विशेष गरी बैङ्क तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा दिइएको सुविधा अहिलेको बजेटले कटौती गरेको ढकालले जनाउनुभयो । पहिलेका बजेटले दिएको सुविधा अहिलेको बजेटले कटौती गर्दा लगानीकर्तामा नकारात्मक असर पर्न सक्ने उहाँको भनाइ छ । बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न सके अर्थतन्त्रमा देखिएका समस्या यथाशीघ्र समाधान हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । “बजेटले दिएको मार्गनिर्देशलाई प्रभावकारी कार्यान्वयन गर्ने दिशातर्फ अगाडि बढ्न सक्नुपर्छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउँदै लैजान्छ”, अध्यक्ष ढकालले भन्नुभयो । आर्थिक एजेन्डामा सबै दलहरूलाई एकै ठाउँमा ल्याउने र सामूहिक प्रतिबद्धता खोज्ने विषय बजेटमा राखिनु सकारात्मक रहेको उल्लेख गर्दै उहाँले बजेट भाषणको सुरुमै आर्थिक सुधार गर्ने विषय उठाइँदा सरकारको प्राथमिकता झल्केको दाबी गर्नुभयो ।

नेपालमा लगानीको वातावरण भएन भन्ने कुरा चिर्नका लागि लगानी सम्मेलन आयोजना भएको ढकालले बताउनुभयो । यसका लागि आठ वटा कानुन परिवर्तन गर्ने विषय सबै राजनीतिक दलका साझा एजेण्डा बनेको स्वागतयोग्य काम रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलितरुपमा आएको भन्दै नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा बजेटमार्फत गरिनु सकारात्मक रहेको बताउनुभयो । निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष भएको उहाँको भनाइ थियो । कृषि, पर्यटन, सूचना प्रविधिलगायतलाई रूपान्तरणकारी परियोजनाको रूपमा लिएर कार्यक्रम ल्याइनु बजेटको सबल पक्ष रहेको उहाँले जनाउनुभयो ।

बौद्धिक सम्पत्तिमाथिको कानुन ल्याउन परिसङ्ले जोड दिँदै आएकामा बजेटले त्यसलाई सम्बोधन गरेको अध्यक्ष अग्रवालले बताउनुभयो । विभिन्न ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन गर्ने बजेटले प्रतिबद्धता जनाएकोप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सीमित हुन नहुने उहाँको भनाइ छ । “बजेटमा समावेश कार्यक्रम राम्रो छन् । कार्यक्रम बजेटमा मात्र सीमित नहोस् भन्ने चाहना राखेका छौँ” अध्यक्ष अग्रवालले भन्नुभयो, “बजेट कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्न तयार छ ।” विद्यमान शिथिल अर्थतन्त्रलाई माथि उकास्न राहत तथा सहुलियत प्याकेज आउने निजी क्षेत्रको अपेक्षा भए पनि सो आउन नसकेको उहाँले जनाउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित रहेको जनाउनुभयो । कृषि, पर्यटनलगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको उहाँले जनाउनुभयो ।

अध्यक्ष अग्रवालले आन्तरिक राजस्वमा भने समस्या भएको जनाउनुभयो । भूतप्रभावि करको दायित्वको दबाब परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नीतिले व्यवसायी आतङ्कित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने चेम्बर अध्यक्ष अग्रवालको भनाइ छ । आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम बढ्ने उहाँले जनाउनुभयो । अनुत्पादक क्षेत्रमा रहेको बजेट कटौती गरेर उत्पादन क्षेत्रमा विनियोजन गर्ने अभ्यास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले आगामी आर्थिक वर्षको बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताउनुभयो । पर्यटन, जलविद्युत, स्टार्टअप, सूचना प्रविधिलगायत प्रचुर सम्भावनाका क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ बजेट छुट्टाउनु बजेटको सबल पक्ष रहेको जनाउनुभयो । यसले बैङ्किङ क्षेत्रलाई फाइदा हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा बैङ्कलाई कर छुट दिनुपर्नेलगायत सुझाव राखिए पनि पूरा नभएको गुनासो केसीले गर्नुभयो । विदेशबाट ऋण ल्याउँदा ब्याज दरमा लाग्ने कर घटाइनु सकारात्मक पक्ष रहेको उहाँको भनाइ छ । सबै सरकारी कार्यालय, मालपोत तथा कर कार्यालय बैङ्किङ प्रणालीमा जोड्ने बजेटको उद्देश्य स्वागतयोग्य रहेको जनाउँदै अध्यक्ष केसीले यस नीतिका कारण बैङ्कको लागत पनि कम हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।  

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक