काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएकाे छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दल गम्भीर नभएको जनाए।
उनले नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडित, बचतकर्ताको बचतको सुरक्षा र ती पीडितले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खाजेको जनाए।
सांसद परियारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको जनाए ।
उनले सही ढंगबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको जनाए । सांसद परियारले सत्ता पक्षले प्रस्तावमा सकारात्मक छौं भन्ने तर गलत व्याख्या गर्ने गरेको पनि जनाए।