बाँके । राप्तिसोनारी गाउँपालिका-८ खल्ला गाँउ बस्ने ४० वर्षीय पुतला खत्रीको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
पुतलासमेत ४ जना सोही ठाउँस्थित घण्टेश्वरी सामुदायिक बनमा बाख्रा चराउन गएको अवस्थामा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका अन्य ३ जनाको स्थानीय झलक मेडिकल जिरो बजार शम्शेरगंजमा उपचार भइरेहको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।