काठमाडौं । टोखा नगरपालिका-१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको आगलागीमा जलेर मृत्यु भएको छ ।
किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका उनको त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै आगलागीबाट करिब १५ लाख रूपैयाँ बराबरको धनमा क्षति भएको छ ।
आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।