काठमाडाैं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारमा भएको भेटमा उनीहरूबीच सरकारको नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल भएको हो ।
छलफल सभामुख घिमिरेको कार्यकक्षमा भएको थियो । सरकारले १ जेठमा सरकारको नीति तथा कार्यक्रम ल्याउँदैछ । त्यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक १ जेठ दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएको छ ।


