आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाेलि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
लाइभ : बजेट अधिवेशन सुरु

/fli6«o;ef a}7s sf7df8f}F, @! r}tM /fli6«o;efsf] dªunaf/ a;]sf] a}7sdf ;xefuLx? . tl:a/ M /Tg >]i6÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ। संसद सचिवालयले भोलि अपरान्ह ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान दोहोर्याएको छ। सरकार र प्रमुख प्रतिपक्षबीच यस सम्बन्धमा कुनै सहमति नबने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका प्रभावित हुने आशंका गरिएको छ।

आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको छ। यता, आज बिहान सभामुख देवराज घिमिरेले राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका थिए।

उनीहरूबीच भएको फोनवार्तामा प्रमुख प्रतिपक्षलाई मनाएर सदनको कारबाही सहज पार्न सभामुखले सुझाएका थिए। सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नरहेको भन्दै राजनीतिक सहमतिमा जोड दिएका हुन्। तर, कांग्रेसले संसदीय छानबिन समिति आफ्नो प्रमुख बटमलाइन बनाएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन्।

कांग्रेस नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले आफ्नो अडान यथावत् राखेको जानकारी दिँदै साँझसम्ममा नयाँ रणनीति बन्ने बताए। संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिए पनि एमालेको दबाबमा परेको निकट स्रोतले जनाएको छ।

एमाले संसदीय छानबिन समितिको विपक्षमा उभिएपछि प्रधानमन्त्री चेपुवामा परेको जनाइन्छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले आइतबार मात्रै कांग्रेसले आत्महत्या नै गर्छु भने पनि माग पुरा गर्न नसकिने जनाएका थिए। तर, प्रधानमन्त्रीले संसदको गतिरोध अन्त्य गराउने प्रयासमा आफू रहेको जनाएका छन्।

‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, संसद्को गतिरोध अन्त्य हुन्छ,’ उनले भने। त्यस्तै, जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसको तयारी पूरा भइसकेको प्रधानमन्त्रीको भनाइ छ।

उनले सरकारले नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै समस्या नहुने जनाए ।

यो पनि पढ्नुहोस्

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

१२ मिनेट अगाडि
रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक