आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशमा सम्बैधानिक संकटको अवस्था बिकसित !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
देशमा सम्बैधानिक संकटको अवस्था बिकसित !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार संसद्‌मा अध्यादेश टेबुल हुन पाएन ।

वैशाख १६ र १७ गते काठमाडौंमा सम्पन्न लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले आठ वटा कानुन संशोधन गर्न ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ ल्याएको थियो ।

शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनमा यो अध्यादेश पेस हुन सकेन ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘अध्यादेश संसद् अधिवेशन सुरु भएपछिको पहिलो बैठकमा पेस गर्नुपर्ने हो । पेस हुन नसके पनि अध्यादेशअनुसार हुने कामकारबाहीमा असर पर्दैन ।’

संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेका अनुसार संविधानले अधिवेशन सुरु भएपछिको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर पेस नभए के हुन्छ प्रष्ट भनेको छैन ।

उनले भने, ‘पेस नभए के हुन्छ प्रष्ट नभनेका कारण सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्छ । प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित भएमा कानुनमा रूपान्तरण हुन्छ ।’

संविधानको धारा ११४ मा अध्यादेशसम्बन्धी व्यवस्था छ । जसअनुसार संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन् ।

तर त्यस्तो अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गर्नुपर्ने हुन्छ । पेस नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

स्पष्टीकरण राखेर संविधानमै भनिएको छ, ‘यस उपधाराको प्रयोजनका लागि दुवै सदनको बैठक बसेको दिन भन्नाले संघीय संसद्का दुवै सदनको अधिवेशन प्रारम्भ भएको वा बैठक बसेको दिन सम्झनुपर्छ र सो शब्दले संघीय संसद्का सदनहरूको बैठक अघिपछि गरी बसेको अवस्थामा जुन सदनको बैठक पछि बसेको छ सोही दिनलाई जनाउँछ ।’

अर्थात पहिलो बैठक बसेको ६० दिनभित्र अध्यादेश संसद्‌मा पेस भएर त्यसलाई प्रतिस्थापन विधेयक आएर दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुनमा रूपान्तरित भइसक्नुपर्ने हुन्थ्यो ।

अध्यादेश पेस नभएता पनि अब सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्छ । प्रतिस्थापन विधेयक ६० दिनभित्र कानुनमा रूपान्तरित हुनुपर्छ । प्रतिस्थापन विधेयक नआएको खण्डमा वा आएर पनि ६० दिनभित्र कानुनमा रूपान्तरित हुन नसकेको अवस्थामा भने अध्यादेश निष्क्रिय हुन्छ ।

यसअघि २०७७ सालमा पनि शुक्रबारकै जस्तो घटना भएको थियो ।

तत्कालीन सरकारले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट बदर भएपछि २३ फागुन २०७७ मा प्रतिनिधि सभाको बैठक बसेको थियो ।

त्यसबेला तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेस लगायतका दलहरूले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै संसद्‌मा पेस गर्नमै अवरोध गरेका थिए ।

सांसदहरूको बहिष्कार र अवरोधबीच तत्कालीन कानुनमन्त्री लिलानाथ श्रेष्ठले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गरेका थिए ।

तर नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र औषधि तेस्रो संशोधन अध्यादेश लगायतका अध्यादेश पेस हुन सकेनन् ।

त्यसपछि कतिपय अध्यादेश प्रतिस्थापन विधेयक आएर कानुनमा रूपान्तरित भएका थिए भने कतिपय विधेयक अध्यादेश निष्क्रिय भएका थिए ।

यो पनि पढ्नुहोस्

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

१७ मिनेट अगाडि
रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक