शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनले हुम्लाको उत्तरी क्षेत्रमा खाद्यान्न र सोलार सहयोग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
चीनले हुम्लाको उत्तरी क्षेत्रमा खाद्यान्न र सोलार सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला । छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ ।

चीनले सीमा जोडिएको जिल्लाका स्थानीय तहलाई उपलब्ध गराउने सहयोग अन्तर्गत सो सहयोग गरेको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले चीन सरकारले गाउँपालिकाका लागि खाद्यान्न र सोलार सहयोग गरेको जनाउनुभयो ।

उहाँले चीनद्वारा सिमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोग अन्तर्गत यो सहयोग उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले चीनले हिल्सामा उपलब्ध गराएको खाद्यान्न र सोलारलाई गाउँपालिकाले सबै वडामा वितरण गरेको जनाउनुभयो ।

चीनबाट प्राप्त खाद्यान्न सहयोगमा २५ केजीका एक हजार बोरा चामल, २५ केजीकै एक हजार बोरा मैदा, २५ केजीकै एक हजार बोरा चिनी, १० केजीको एक हजार प्याकेट नुन र २५० कार्टुन तेल रहेको छ । प्राप्त खाद्यान्न वडा नं. १ देखि ५ का स्थानीय बासिन्दालाई एक/एक बोरा चामल, मैदा, चिनी, १० केजी नुन र पाँच लिटर तेल वितरण गरिएको छ ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका लागि वडाध्यक्षको जिम्मा लगाइएको र लिमी जाने बाटो खुलेपछि वितरण गरिने छ ।

उक्त गाउँपालिकाभरि ९३८ घरधुरी छन् । त्यसै गरी पाँच केजीको सोलार दुई स्थान र दुई केभीको सोलार ४० स्थानका लागि उपलब्ध भएको उहाँले जनाउनुभयो ।

चीन सरकारले खाद्यान्न तथा सोलार सहयोग गरेकोमा उहाँले गाउँपालिकाका तर्फबाट धन्यवादसमेत दिनुभयो । लामो समय खाद्यान्न वितरण हुन नसकेको नाम्खा गाउँपालिकाका बासिन्दालाई यो सहयोगले राहत पुगेको छ ।

यो पनि पढ्नुहोस्

सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने आदेश खारेज

सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने आदेश खारेज

१० घण्टा अगाडि
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक