काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार छ । नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रह्यो ।
५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ । अन्तिम समयमा लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढ्दा बजार परिसूचक सकारात्मक देखिएको हो । विकास बैंक, म्युचुअल फण्ड र अन्य समूहमा पनि सामान्य बढोत्तरी छ ।
१२० कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । ११ कम्पनीका सेयरमूल्य स्थिर रह्यो ।