शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मूलपानी क्रिकेट रङ्गशाला अत्याधुनिक हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मूलपानी क्रिकेट रङ्गशाला अत्याधुनिक हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ ।राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट रङ्गशालाको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याललगायतको उपस्थितिमा मूलपानी रङ्गशालाको डिजाइन र संरचना पुल्चोक इन्जिनियरिङ कलेजले प्रस्तुत गरेको हो ।

डिजाइन अनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानका रूपमा निर्माण गरिने छ । यसको दर्शक क्षमता २० हजार ८७८ रहने छ । यो स्टेडियमको मुख्य विशेषता मैदानमा जडान गरिने ‘सब एयर’ प्रविधि हुने छ । उनीहरूका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र खेल खेल्न मैदान तयार हुने छ ।

डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान दुवै छन् । रङ्गशालामा तीन तलाको अन्डरग्राउन्ड पार्किङ, पुरुष र महिलाका लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधासम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, छ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थललगायतका संरचना छन् । हालको माथिल्लो मूलपानी ग्राउन्ड प्रशिक्षण मैदानका रूपमा रहने छ ।

खेलकुदको मेगा प्रोजेक्टका रूपमा रहेको मूलपानी क्रिकेट मैदानको डिजाइन अनुसारको सुविधासम्पन्न अत्याधुनिक रङ्गशाला निर्माणका लागि सात अर्ब ३४ करोड ७० लाख रुपियाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री श्रेष्ठले यो वर्ष नै यो मैदानका लागि ५० करोडदेखि एक अर्ब रुपियाँसम्मको बजेट निकासा हुने सम्भावना रहेको बताउनुभयो । उहाँले रङ्गशालाको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै सबैभन्दा बढी ध्यान दिनुपर्ने बताउनुभयो । यो डिजाइनमा अझै काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यमा राखेपले एक वर्षअघि आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रममा मूलपानी क्रिकेट रङ्गशाला निर्माणको बृहत् चर्चा भएको थियो । सो कार्यक्रममा विगतकै प्रक्रियामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीको प्रतिक्रिया थियो ।

प्रधानमन्त्री दाहालले सो कार्यक्रमपछि मूलपानी रङ्गशाला निर्माणको कार्यलाई चासो व्यक्त गर्दै सदस्यसचिव टङ्कलाल घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने गरी अघि बढ्न निर्देशन दिनुभएको थियो ।

मूलपानी क्रिकेट रङ्गशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ । डिपिआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम एक साताभित्र सम्पन्न गर्न सदस्यसचिव घिसिङले पुल्चोक इन्जिनियरिङ कन्सल्टेन्सीलाई निर्देशन दिनुभएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

५ घण्टा अगाडि
भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसम विभागसँग निर्वाचनका दिन माैसमबारे सोध्याे

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

COVID-19 50 people recovered

सिरिन्जले घोचेर ६४ वर्षीय खेमराज ढकालको हत्या

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक