काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडान कायमै राखेको छ।
मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने अडान दोहोर्याएको हो।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले सुप्रिम सहकारीबाट कानुनविपरीत ऋण लिएको पुष्टि भएकोले छानबिन हुनुपर्ने जनाए ।
उनले भने,’सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्छ। सुप्रिम सहकारीबाट रविजीले कानुनविपरीत ऋण लिएको पुष्टि भएको छ। उहाँमाथि प्रश्न उठेपछि छानबिन हुनुपर्ने हाम्रो माग हो। सरकारले छानबिन गर्छ भन्ने विश्वास छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले भने कांग्रेस गृहमन्त्रीलाई सदनमा बोल्न दिन तयार भएको दाबी गरे।
बैठक विना निष्कर्ष सकिएको छ।