शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुहिने र नकुहिने फोहोरमैला सङ्कलन व्यवस्थापन केन्द्र निर्माण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कुहिने र नकुहिने फोहोरमैला सङ्कलन व्यवस्थापन केन्द्र निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी। कैलालीको धनगढी सहरको फोहोरमैला व्यवस्थापनका लागि ‘एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र’ को निर्माण सुरु गरिएको छ ।

सरकारले धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वन क्षेत्रको २९ हेक्टर जमिन उपलब्ध गराएपछि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण थालिएको हो । नेपाल सरकारबाट जग्गाको भोगाधिकार मिलेपछि रुख कटानको काम सुरु गरिसकेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । यसअघि धनगढी उपमहानगरपालिका–२ स्थित मोहना नदी आसपास क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने निर्णय भएपछि स्थानीयले विरोध जनाएका थिए ।

विगत लामो समयसम्म अनिर्णीत बनेको व्यवस्थापन केन्द्र निर्माणका लागि उपमहानगरपालिकाले पटेलामा जग्गा हेरेको थियो । एसियाली विकास बैङ्कको ९९ करोड ऋण सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्ने जनाइएको छ । सन् २०२५ सम्म ल्यान्डफिल साइट निर्माणको समयावधि रहेको छ । एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनेपछि धनगढी उपमहानगरपालिकाको फोहोर ५० वर्षसम्म व्यवस्थापनका लागि सहज हुने नगर प्रमुख गोपाल हमालले बताउनुभयो । “यो ल्यान्डफिल साइट आधुनिक प्रविधिको प्रयोगसहिते  बन्ने छ,” उहाँले भन्नुभयो, “यसपछि फोहोरमैला व्यवस्थापनको समस्या ५० वर्षसम्मका लागि समाधान हुने छ ।”

उपमहानगरपालिकाले कुहिने र नकुहिने फोहोरमैला सङ्कलन गरेर त्यसलाई मोहरमा परिणत गर्ने कार्य पनि अघि सारेको छ । वडा नम्बर २ स्थित सूक्ष्म वर्गीकरण केन्द्रमा नकुहिने फोहोरलाई छुट्याएर बिक्री गरिँदै आएको छ । यसै गरी कुहिने फोहोरबाट खाना पकाउने ग्यास उत्पादन भइरहेको छ । एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनेमा धनगढी सहर सफा र हराभरा तथा प्रदूषणमुक्त बनाउन सहयोग पुग्ने नगर प्रमुख हमालले बताउनुभयो । प्लास्टिक प्रयोगमा बन्देज लगाएको धनगढी उपमहानगरपालिकामा सफा, स्वच्छ र हराभरा बनाउन सरसफाइ र हरियाली प्रवर्धन अभियान सञ्चालन गरिँदै आएको छ ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक