काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेकाे छ । हिजो साेमबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार चाँदी तोलामा १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।