शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जसपा नेपाल विभाजनपछि राजनीतिकवृत्त तरङ्गित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
जसपा नेपाल विभाजनपछि राजनीतिकवृत्त तरङ्गित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि राजनीतिकवृत्त तरङ्गित भएको छ । जसपा नेपाल विभाजनपछि अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश भएको छ । जसपा विभाजनको असर अन्य दलमा पनि पर्ने संकेत देखिन थालेको छ । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपालले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका छन् । त्यस्तै, अन्य साना दलमा पनि जसपा नेपाल विभाजनको असर स्वरुप खैलाबैला सुरु भएको छ ।

उपेन्द्र यादवनिकट एक सांसदका अनुसार नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इन्ट्रेस्टमा जसपा नेपाल विभाजन भएको हो । साना दल फुटाएर संसद्को सबैभन्दा ठूला दल बन्ने रणनीतिमा एमाले अध्यक्ष ओलीले गृहकार्य गरिरहेको उनको दाबी छ ।

साथै, जसपा नेपाल बाहेक अन्य दलहरु नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र पनि चरम असन्तुष्टि रहेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी फुटको संघारमा रहेको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार एकीकृत समाजवादीका बहुसंख्यक सांसदहरुले पुरानै घर फर्किनका लागि लविङ गरिरहेका छन् । उनीहरु पार्टी एकताका लागि निरन्तर संवादमा रहेका महासचिव पोखरेलले बताए ।

त्यस्तै, एकीकृत समाजवादी ६०र४० को रेसियोमा विभाजन हुने निश्चित रहेको स्रोतको दाबी छ । एकीकृत समाजवादीका सांसदहरु प्रेम आले, किसान श्रेष्ठ, धन बहादुर बुढा, प्रकाश ज्वाला, भानुभक्त जोशी, शेर बहादुर कुँवर विद्रोह गर्ने मुडमा छन् । उनीहरुले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेतृत्वको जिम्मेवारी दिएर माधव नेपालसँग विद्रोह गर्ने तयारी गरेको स्रोतको दाबी छ । त्यस्तै, माधव नेपालसँग राजेन्द्र प्रसाद पाण्डे, अम्मर बहादुर थापा, मेटमणी चौधरीमात्रै रहने बताइएको छ ।

यसरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग विद्रोह गरेर जनता समाजवादी पार्टी दर्ता गराएका अधिकांश नेताहरु एमाले पृष्ठभूमिका छन् । अशोक राई, सुशिला श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, रन्जु ठाकुरलगायतका नेताहरु पूर्वएमाले हुन् । मो। इस्तियाक राई पनि कम्युनिष्ट पृष्ठभूमिकै नेता हुन् । यस आधारमा जसपा नेपालबाट विद्रोह गरेका ७ सांसद र एकीकृत समाजवादीमा विद्रोहको तयारीमा रहेका ६ जना गरी १३ जना सांसदलाई पार्टीमा समाहित गराएर एमालेलाई संसद्को सबैभन्दा ठूलो दल बनाउने रणनीतिमा ओली देखिएका छन् ।

अहिले प्रतिनिधि सभामा एमालेको ७८ मत छ । आफ्नो रणनीतिमा ओली सफल भएको खण्डमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई उछिन्दै एमाले पहिलो दल बन्ने छ ।

यो पनि पढ्नुहोस्

रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता

रवि लामिछानेकाे यस्ताे छ अपील

१३ घण्टा अगाडि
आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक