बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

तीन दशकपछि बागमती सिँचाइ आयोजना ब्यारेजको मर्मत    

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
तीन दशकपछि बागमती सिँचाइ आयोजना ब्यारेजको मर्मत    
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुर । बागमती सिँचाइ आयोजनाको मुख्य संरचना (ब्यारेज)को तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु भएको छ । चार सय तीन मिटर लम्बाइ रहेको सो ब्यारेज लामो समयदेखि मर्मतसम्भार नहुँदा ब्यारेजको संरचना समाप्त हुने खतरा थियो ।

सर्लाही तथा रौतहटका किसानको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको सो आयोजनाले सम्बन्धित किसान तथा जलउपभोक्ता समितिको संयुक्त बैठकको निर्णयानुसार सो आयोजनाको ब्यारेजसहित संरचनाको मर्मतसुधार कार्य सुरु भएको हो ।

आयोजनाको विशेष पहलमा ३० जलउपभोक्ता समिति तथा किसानको बैठकले तत्काल सिँचाइका लागि दिँदै आएको पानी बन्द गर्ने निर्णयसमेत गरेको छ ।

यही वैशाख १३ गतेदेखि आगामी जेठ २० गतेसम्म सो ब्यारेजको मर्मतसुधार गर्नुपर्ने भएकाले सो अवधिमा कुनै पनि बाली उत्पादन नहुँदा तथा पानी आवश्यक नभएको अवस्थामा मर्मतसुधार अगाडि बढाइएको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।

दुई वर्षअगाडि सो ब्यारेजको मर्मतसुधारका लागि ‘टेन्डर’ आह्वान भए पनि किसानले पटक पटक पानीको माग तथा ठेकेदार कम्पनीको ढिलासुस्तीले ब्यारेज मर्मतसुधारमा समस्या आएको थियो ।

आयोजनाका डिभिजनल इन्जिनियर अनुभव चौधरीले लामो समयदेखि ब्यारेजको मर्मतसुधार नहुँदा ब्यारेजको तल्लो पक्की ढलान पूर्णरुपमा फुटेको, ढोका कमजोर भएका, प्लास्टर उप्किएपछि रडहरु देखिएको तथा रड खिया लाग्ने अवस्थामा पुगेको, पर्खाल भत्किएको, जथाभावी फोहोरमैला जमेकाले सुधारको कार्य भइरहेको बताए ।

ब्यारेजको सरसफाइ, रङ्गरोगन, सिमेन्ट ढलान, तारजाली बिछ्याउने, बिम्व राख्ने, पर्खाल निर्माण, ढोका मर्मतसुधारलगायत कार्य भइरहका छन् ।

‘६५ लाख रुपैयाँको लागतमा ब्यारेजको मर्मत भइरहेको छ’, इन्जिनियर चौधरीले भने  । विसं २०३५ मा नेपाल सरकारको लगानीमा निर्माण सुरु भएको सो आयोजनाले २०५० सालदेखि सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ ।

चार सय तीन मिटर लम्बाइ रहेको सो आयोजनाको ब्यारेजमा ५० ढोका तथा दुई मूल नहर रहेका छन् । पूर्वतर्फ ६४.४ क्युसेक पानीको बहाव क्षमता तथा पश्चिमतर्फ ४८. ४ क्युसेक पानीको बहाव क्षमता रहेको छ । पूर्वी नहरबाट २२ हजार ६ सय हेक्टर तथा पश्चिमी नहरबाट २३ हजार तीन सय ४० हेक्टर जमिनमा सिँचाइ भइरहेको उनले बताए ।

पश्चिमी मूल नहरअन्तर्गत रौतहटको भलोहिया, वहुवरी तथा वग्ही गरी तीन शाखा तथा सर्लाहीको मानपुर, गढैया र लक्ष्मीपुर गरी तीनवटा शाखा रहेका छन् । ती शाखाबाट पनि उपशाखा र नहरबाट खेतमा सिँचाइ गर्ने काम भइरहेको छ । सो आयोजनाको एक लाख २२ हजार हेक्टरमा सिँचाइ गर्ने लक्ष्य छ ।

सुनकोशी मरिनडाइभर्सन निर्माण भएपछि सो आयोजनालाई २०८२ सालदेखि ६७ क्युसेक पानी उपलब्ध हुने तथा त्यसबाट धनुषा, महोतरी, सर्लाही, रौतहट र बारा जिल्लामा समेत सिँचाइ हुने आयोजनाले जनाएको छ ।

सो आयोजनामा तीन सय कर्मचारी कार्यरत छन् । आयोजनाको चालु आर्थिक वर्षमा रु ८३ करोड बजेट रहेको छ । सो आयोजनाको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ६० प्रतिशत भएको इन्जिनियर चौधरीले जानकारी दिए । यसअघि २०५० सालमा गएको बाढीबाट आयोजनामा क्षति पुगेको थियो ।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

४ घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक