सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

टी–२० सिरिजको अन्तिम खेलमा नेपालले वेस्टइन्डिजलाई ६ विकेटले पराजित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
टी–२० सिरिजको अन्तिम खेलमा नेपालले वेस्टइन्डिजलाई ६ विकेटले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको छ। जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा ओपनर आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले। ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाए पनि अर्का ओपनर आरिफ शेख र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका अनिल साहले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए।

आसिफ ३५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५१ रन बनाएर आउट हुँदा अनिल साहले ४५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५८ रन बनाए। उनीबाहेक कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ रनको नटआउट इनिङ खेलेका थिए। दीपेन्द्र ५ रन बनाएर आउट भए। क्रिजमा आए पनि कप्तान रोहित पौडेलले भने बल फेस गर्नु परेन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। वेस्टइन्डिजका लागि जोनसोन चार्लेसले २४ रन बनाउँदा अलिक अथान्जेले ४२ रनको अविजित इनिङ खेलेका थिए।

त्यस्तै, कप्तान रोस्टन चेजले ३३ रन बनाउँदा म्याथ्यु फोर्डले २३ रन बनाए। थप दोहोरो स्कोरका रुपमा कडिम एलियन र मार्क ड्यालीले समान ११ रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान ३–३ विकेट लिँदा अभिनाश बोहराको नाममा १ विकेट रह्यो। पाँच खेलको सिरिज नेपालले यसअघि नै गुमाइसकेको छ। अघिल्ला ४ खेलमा ३–१ ले सिरिज गुमाइसकेको थियो। योसँगै सिरिजमा ३–२ ले वेस्टइन्डिजले जितेको छ। नेपाली टोली आज राति नै वेस्टइन्डिज प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

यो पनि पढ्नुहोस्

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

१२ घण्टा अगाडि
नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक