आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
सरकार हुन्छ  हुँदैन भन्न सकिने अवस्था छैन : केपी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सुकुम्बासी र गरिबलाई देखिनसहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी दिएका हुन् । सुकुम्बासीका छाप्रा भत्काउन डोजरको आवश्यकता नरहेको उनको भनाइ छ । उनले गरिबको बस्ती भत्काउन गरिबकै छोराछोरीको प्रयोग नगर्न पनि आग्रह गरे ।

‘सुकुम्बासीका प्लाष्टिक हालेका छाप्रा छन्, भत्काउन जान्छ डोजर । सुकुम्बासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाड्न बन्चरो लिएर जाने ? सुकुम्बासीको समस्या समाधान गर्नुपर्यो, डोजर देखाउने होईन । डोजर गरिबले नै चलाउने हुन्, कुनै धनीले पुँजीपतिले डोजर चलाएको थाहा छैन । गरिबका छोराले डोजर चलाउने हो । तिनलाई आफ्नै विरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिबकै विरुद्ध, गरिबवस्तीकै विरुद्ध, गरिबका छोराछोरीलाई डोजरका टाउकामा बसेर भत्काउने काम नलगाउनुस्,’– उनले भने ।

अध्यक्ष ओलीले भत्काउने अभियान नभएर बनाउने अभियान चलाउन आग्रह गरे । सुकुमवासीको आवासको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । जनताको काम गर्न सरकारका गएको दाबी गर्दै उनले सुकुम्बासीको समस्या समाधानका लागि प्रयास गरिरहेको बताए । समस्या समाधानमा सुकुम्बासी कहिले पनि बाधक नभएको बताए । उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी दिए । सुकुम्बासीको छाप्रोमा गएर लालाबाला तर्साउँदैमा बहादुरी नहुने बताए । ‘ज्यादती सुकुम्बासीमाथि नगरौं । कहीँ हेप्ने मान्छे भेटिएन अनि गरिब हेप्ने ? थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीका लालाबाला तर्साएर कुन बहादुरी हुन्छ ?’ उनले प्रश्न गरे ।

सुकुम्बासी समस्या समाधानका लागि तीनै तहका सरकार उत्तरदायी हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले लोकतन्त्रमा जे पनि गर्न नमिल्ने बताउँदै सुकुम्बासीलाई लखेट्ने नभएर व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । ‘जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर’ भन्ने प्रकारका अनुत्तरदायी र गरिब देख्नै नसक्ने सरकार हुन नहुने उनको भनाइ छ ।

‘सुकुम्बासी बस्ती हटाउनुमात्रै होईन । जथाभावी गर्नेमात्रै हो भने त के भयो र सुकुम्बासीहरुलाई लखेटिदिए भो, मारिदिए भो, जे पनि गर्ने हो भने । तर, जे पनि गर्न मिल्दैन लोकतन्त्रमा, व्यवस्थापन गर्नुपर्छ ।’ उनले भने, ‘समस्या समाधान गर्नुपर्छ । जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर भन्ने सरकार हुँदैन । त्यो केन्द्रीय सरकार होस् कि प्रदेश सरकार होस् कि स्थानीय सरकार । जनताप्रति उत्तरदायित्व नलिने, अनुत्तरदायी, गरिब भनेको देख्नै नसक्ने, सुकुमबासी देख्नै नहुने

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

८ मिनेट अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक