आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

विदेशी लगानी कि आत्मनिर्भर अर्थतन्त्र !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– प्रीति रमण

नेपालले आयोजना गरेको दुई दिने लगानी सम्मेलन सकिएको छ । ठूलो तामझाम र प्रचारसहित गरेको यो लगानी सम्मेलन खासै उपलब्धिमूलक भने हुन सकेन । हुन त यसअघिका लगानी सम्मेलन पनि नाम मात्रका भएका थिए । सम्मेलनको क्रममा ठूलो रकम प्रतिबद्धता गरिने तर नेपालमा भित्रिँदा त्यसको १ प्रतिशत पनि नआउने समस्या थियो । यसपटकको लगानी सम्मेलनको क्रममा त झन् प्रतिबद्धता होइन, आश्वासन मात्र देखियो । अर्थमन्त्री वर्षमान पुनले सम्मेलन भव्य रूपमा सफल भएको र लगानीकर्ता एवं साझेदारहरूको उपस्थितिले आफूहरू उत्साहित बनेको बताएका छन् ।

कतिपय अर्थशास्त्रीले भने यस्ता सम्मेलनमा जनाइने प्रतिबद्धताको खासै अर्थ नरहेको र देखावटी रूपमा गरिने यस्ता कार्यक्रमले लगानी भित्र्याउन मद्दत गर्ने सम्भावना कम रहेको भन्दै आलोचना गरेका छन् । यो लगानी सम्मेलनमा विभिन्न चरणमा रहेका १ सय ४८ वटा परियोजना प्रस्तुत गर्ने तयारी थियो । तर, अन्तिम समयमा ६ वटा परियोजना थपेर १ सय ५४ वटा परियोजना प्रस्तुत गरियो । यसमध्ये पनि ४ वटा परियोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी लगानी बोर्डले गरेको थियो । यसबाहेक १९ वटा परियोजनामा आशयपत्र आह्वान गरिएको थियो । जसमा कुनै पनि लगानीकर्ताबाट आशयपत्र पत्र आएन भने सबै तयारी गरिएको पीडीएसमेत हुन सकेन । यसबाट लगानी सम्मेलनले भव्य खर्च गरेको आयोजना गरेको दुई दिने लगानी सम्मेलन सम्मेलनका दौरान औपचारिकतामा नै सीमित बनेको छ । सम्मेलनका क्रममा निजी क्षेत्रका विभिन्न कम्पनीले करिब १० देखि ११ अर्ब हाराहारी लगानी ल्याउने समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गर्नुबाहेक खास उपलब्धि भएन ।

लगानी बोर्डले यिनै एमओयूलाई सम्मेलनको सफलताका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ । विश्वभरका (नेपालसहित) २ हजारभन्दा बढी लगानीकर्ता उपस्थिति रहनुबाहेक सम्झनलायक अर्को उपलब्धि नै नभएको सम्मेलनमा सहभागी लगानीकर्ताहरू बताउँछन् । यसबाट लगानी सम्मेलनबाट अपेक्षाकृत प्रतिफल लिनका लागि लगानी बोर्ड चुकेको देखिन्छ । सिरकारले गरेको लगानी सम्मेलन सफल नभएको र त्यो एकखाले परम्पराको निरन्तरता मात्र भएको विश्लेषकको भनाइ छ । लगानी सम्मेलन एउटा प्रथा धाने जसरी भइरहेको छ । यसले अनौपचारिक रूपमा देशको ब्रान्डिब र पर्यटनमा केही फाइदा भयो होला । तर यसलाई सफल भन्न मिल्दैन । पहिलेका दुईवटा सम्मेलनमा पनि लगानीको खासै प्रतिबद्धता नआएको र जनाइएका प्रतिबद्धता अनुरूप लगानी नभित्रिएको र अहिले पनि त्यस्तै भएको छ । नेपालको जस्तो पूर्वाधार भएको देशमा हाम्रा यस्ता परियोजना छन् भनेर देखाएको भरमा लगानी भित्रिएको इतिहास छैन । सरकारले अहिले विदेशी लगानीलाई नै प्राथमिकता दिन खोजेको देखिन्छ ।

तर, विश्वका धेरै देशहरुले आफ्नो अर्थतन्त्र सुधार्न सर्वप्रथम धेरैभन्दा धेरै वस्तुमा आत्मनिर्भर र निर्यातलाई जोड दिएको देखिन्छ । नेपालमा भने यसको ठ्याक्कै विपरीत गतिविधि भइरहेको छ । नेपाल हरेक वस्तुका लागि आयातमा निर्भर छ भने निर्यात नगन्य मात्रामा छ । त्यसैले नेपाली देशविदेशमा कमाएको रकम पनि आयातका लागि विदेशिने गरेको छ । विगतमा जस्तै यो सरकारले आन्तरिक उत्पादन बढाउने, विभिन्न वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने विषयमा भने अझै सोच्नसमेत भ्याएको छैन । नेपालमा वर्तमान समस्या भनेको हरेक वस्तुका लागि आयातमा निर्भर हुनु हो । कृषिप्रधान देश भनिए पनि नेपालले चामलदेखि गुन्द्रुकसम्म विदेशबाट आयात गर्दै आएको छ । आयातको तुलनामा निर्यात भने अत्यन्त न्यून छ । जबसम्म कुनै पनि देशले निश्चित वस्तुमा आफूलाई आत्मनिर्भर बनाउँदा तबसम्म त्यो देशको अर्थतन्त्र सबल हुन सक्दैन ।

यसलाई सरकारमा आसीनहरुले जति चाँडो बुझ्छन्, त्यति नै मुलुकको हित हुनेछ । कुनै पनि देश वा निकायले सहयोग गर्दा सहुलियत ऋण वा अनुदान प्रदान गर्ने गर्छ । त्यस्तै, देशको आर्थिक वातावरण राम्रो भएमा र लगानीका लागि सबै दृष्टिकोणले उपयुक्त भएमा विदेशी लगानी पनि भित्रिन सक्छ । एउटा देशको विकासमा यी पक्ष आवश्यक हुनेमा नकार्न सकिँदैन । तर, देशमा आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारको भूमिका प्रमुख हुन्छ । नेपालमा अहिलेको अवस्थामा अर्थतन्त्र संकटमा छ । यस्तो हुनुको कारण कृषि उत्पादन, कलकारखाना, व्यवसायका लागि सहज नीतिनियम र कानुनको व्यवस्था नुहुनु तथा देशमा केही गर्न चाहनेलाई त्यही अनुसार वातावरण नहुनु प्रमुख कारण हुन् । यही अवस्थाका कारण विदेशी लगानी पनि नेपालमा भित्रिन सकेको छैन ।

अर्कोतर्फ नेपालले ऋणका रुपमा विदेशी लगानी लिएर मात्र विकास हुन सक्दैन । यदि विदेशी ऋणले सोचेअनुरुप प्रतिफल नदिएमा देशको अर्थतन्त्र नै तहसनहस हुन सक्छ । नेपाल पनि विस्तारै ऋणको पासोमा पर्दै गएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले ल्याएको बजेटमा नेपालको बजेट इतिहासमै पहिलोपटक पूँजीगत बजेटको तुलनामा वित्तीय व्यवस्थापनको बजेट धेरै छ । यसको अर्थ अब सरकारलाई विकास निर्माणभन्दा पनि आन्तरिक तथा बाह्य स्रोतबाट लिएको ऋणको धेरै ब्याज तिर्नुपर्ने अवस्था हो ।

त्यसैले सरकारले विदेशी लगानी भित्र्याउने भन्दा आफू आत्मनिर्भर बन्ने गतिविधिमा जोड दिन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

८ महिना अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

८ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक