शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्ति भेला भएका पत्रकारहरुले आज विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका हुन् । ‘संविधानको पालना गर, प्रेस स्वतन्त्रता बहाली गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं’ भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

आजको प्रदर्शनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सम्मानित अदालतबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवहेलना गरेको आरोप लगाए । प्रमाण नष्ट गरेर कसरी छानविन गर्ने ? उनले प्रश्न गरे । पत्रकार जैसीले नेपालको संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता अहरणीय भएकोले तत्काल फिर्ता गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गरे ।

कार्यक्रममा सहभागी पत्रकार खेम थपलियाले प्रेस स्वतन्त्रताको लागि लालटिन बाल्नुपर्ने अवस्था आएकोले सबैको ध्यान जानुपर्ने जनाए । कार्यक्रममा पत्रकार अमिर लामाले प्रेस स्वतन्त्रता हरण गर्ने कार्य जुनसुकै निकायबाट भएकोले अस्वीकार्य भएको जनाए ।

कार्यक्रममा पत्रकार तथा प्रेस चौतारी नेपाल, काठमाडौं जिल्ला कोषाध्यक्ष राम कार्कीले सर्वोच्चको आदेशले राणाकालको झल्को दिएको बताउँदै पत्रकारहरु सडकमा उत्रनु बाध्यता भएको जनाए ।

लालटिन बोकेर सडकमा उत्रिएका पत्रकार धन बहादुर मगरले राजतन्त्रकालको २०४७ सालकै संविधान बमोजिम पनि संकटमा नपरेको प्रेस स्वतन्त्रता अहिले चरम संकटमा परेको भन्दै बचाउको लागि सबै एकजुट हुनुपर्ने बताए । ‘म नौ–नौ पटक पक्राउ परे, उतिबेला राजतन्त्रसहितको संविधान थियो, मलाई न्यायालयले बचायो, यस पटक न्यायालयले नै प्रेस स्वतन्त्रता कुल्चने काम भयो ।’

कार्यक्रमका संयोजक तथा पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक नबराज न्यौपानेले न्यायालयको आदेशले प्रेस स्वतन्त्रता संकटमा पारेको, समाचार लेख्ने पत्रकारलाई फौजदारी अभियोग र समाचार हटाउन आदेश दिने कार्य क्षेत्राधिकार मिचेर, संविधानलाई कुल्चेर गरिएकोले संघर्षमा होमिन बाध्य भएको  जनाए । प्रेस स्वतन्त्रताको रक्षाको लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै जुन विधिबाट प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको छ, सोही प्रक्रियाबाट सच्याउन माग गरेका छन् । साथै प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लालटिन जुलुस प्रदर्शन जारी राखिने समेत बताए ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

८ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक