झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । करिब ५० किलो गाँजा बरामद धनुषा, २० वैशाख मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ बैरियास्थित एक गोठ पछाडिबाट अवैध लागूऔषध गाँजा करिब ५० किलो बुधबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फुलगामाबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो । गाँजा राख्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


