शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपराष्ट्रपति र ईयूका राजदूतबीच भेट

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
उपराष्ट्रपति र ईयूका राजदूतबीच भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू)का राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपति यादव र ईयूका राजदूत लोरेज्नोबिच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट भएको हो ।

भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तनलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको राष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र ईयूबिच सन् १९७४ यता कायम रहेको घनिष्ठ, सौहार्द्रपूर्ण एवम् मैत्रीपूर्ण सम्बन्धबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्नुहुँदै नेपालले ईयूसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताउनुभयो ।

‘‘यो वर्ष हामीले नेपाल र ईयूबिच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सव मनाइरहेका छौँ । यस सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।,’’ उहाँले भन्नुभयो, ‘‘ईयू नेपालको प्रमुख विकास साझेदार हो । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ र ग्रामीण विकासमा ईयू समर्थित कार्यक्रमहरू हाम्रा लागि उपयोगी र महत्त्वपूर्ण छन् । मलाई आशा छ अगामी दिनहरूमा सहयोगको दायरा र परिमाण नेपालका उत्पादनशील क्षेत्रहरूमा विस्तार र वृद्धि हुँदै जानेछन् ।’’

विशेषगरी कर्णाली प्रदेशमा ईयूको सहयोग अन्तर्गतका आयोजनाले ती दुर्गम क्षेत्रका सर्वसाधारणलाई धेरै फाइदा पुगेको उहाँले बताउनुभयो । ‘‘नेपाल र ईयूले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको महत्त्व जस्ता साझा मूल्यहरूमा विश्वास राख्दछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘महामारी र जलवायु परिवर्तन लगायत विश्वले पछिल्लो समय सामना गरिरहेको प्रकृतिका चुनौतीहरूले बहुपक्षीय सहकार्य पहिलेभन्दा बढी आवश्यक भएको सङ्केत गरेकोले यी विषयमा थप सहकार्य गर्न नेपाल तत्पर छ ।’’

उहाँले नेपाललाई राजनीतिक रूपान्तरणको वर्तमान चरणमा पुग्न अन्तर्राष्ट्रिय समुदायबाट धेरै सद्भाव र समर्थन प्राप्त भएको पनि बताउनु भयो ।  ‘‘नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिहरू कायम राखी मुलुकको आर्थिक आकाङ्क्षा पूरा गर्न ईयूले आफ्नो बहुमूल्य सहयोग जारी राख्ने विश्वास व्यक्त गर्दछु ।,’’ उहाँले भन्नुभयो, ‘‘मलाई आशा छ, तपाईँ (महामहिम) को कार्यकालमा नेपाल–ईयू सम्बन्ध थप सुदृढ, प्रगाढ एवम् बलियो हुने र नेपाललाई प्राप्त हुने विकास सहयोगको निरन्तरतामा सकारात्मक प्रभाव पर्नेछ ।’’

भेटमा नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले नेपालको संस्कृति धेरै विकसित रहेकोमा प्रशंसा गर्नुहुँदै ईयूले सामाजिक समावेशीकरण र शिक्षा क्षेत्रमा काम गर्न चाहेको बताउनुभयो ।

‘‘नेपालले लगानी र आर्थिक वृद्धि गरी कृषिसहित विभिन्न क्षेत्रको विकासमा जोड दिनु सकारात्मक हो । नेपालमा ईयूको सहयोग निरन्तर रहने छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसै महिना ईयूले भारतमा रहेका सयभन्दा बढी कम्पनीलाई सहभागिता गराई ‘बिजनेस फोरम’ सम्मेलनको आयोजना गर्ने तयारी गर्दैछ ।’’ उहाँले नेपालमा ईयूले धेरै पछाडि परेको सुदूरपश्चिम, कर्णाली तथा मधेश प्रदेशमा आफ्नो सहयोगलाई केन्द्रित गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

८ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक