पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं ६ हेक्लाङको बाँसडाडा भन्ने गाउँमा आगलागीबाट करिब दर्जनौँ घर जलेर नष्ट भएको छ ।
बाँसडाडाका ३२ वर्षीय भरत दर्लामीको कच्ची घर, ४२ वर्षीय ओम बहादुर दर्लामीको १ तले पक्की घर साथै गोठ, ७१ वर्षीय गंगा बहादुर दर्लामीको १ तले कच्ची घर र वर्ष ४० का नर बहादुर दर्लामीको १ तले जस्ताले छाएको कच्ची साथै गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

