सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से दोहोरो अंकले बढ्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ। साताको पहिलो र दोस्रो दिनका तुलनामा मंगलबार कारोबार रकम पनि बढेको छ। मंगलबार एक करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच भएको छ। जसबाट चार अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रहँदा ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच भएर दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। साताको पहिलो र दोस्रो कारोबार दिन बढेको फाइनान्स उपसूचक मंगलबार भने १.१८ प्रतिशतले घटेको छ। गत आइतबार ३.९८ प्रतिशतले बढेको फाइनान्स उपसमूह सोमबार एक्लै ४.१७ प्रतिशतले बढेको थियो।

मंगलबार १३ मध्ये फाइनान्सबाहेकका सबै उपसमूहको शेयर मूल्य बढ्दा परिसूचकसँगै कारोबार रकम बढेको हो। विकास बैंक उपसमूह सर्वाधिक ४.९० प्रतिशतले बढेको छ। होटल तथा पर्यटन २.५३, निर्जीवन बीमा २.३९, जलविद्युत् १.६२ र लघुवित्त १.४१ प्रतिशतले बढेका छन्। २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ। यस दिन चार कम्पनीको शेयर मूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा दुई दिन लगातार पहिलो बनेको पोखरा फाइनान्स मंगलबार शेयर मूल्य घटे पनि धेरै कारोबार हुनेमा दोस्रो नम्बरमा परेको छ। पोखरा फाइनान्सको १७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। पहिलो नम्बरमा शाइन रेसुंगा विकास बैंक छ। उक्त बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै, गोर्खाज फाइनान्सको १६ करोड २५ लाख, कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख र नेपाल फाइनान्सको शेयर १२ करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भएको छ।

शेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा कर्पोरेट विकास बैंक परेको छ। इन्फिनिटी लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, बोटलर्स तराई, शाइन रेसुंगा बैंकको पनि शेयर मूल्य बढेको छ। शेयर मूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष पाँच कम्पनीमा पोखरा फाइनान्स, गुराँस लघुवित्त, बोटलर्स बालाजु, गोर्खाज फाइनान्स र प्रोग्रेसिभ फाइनान्स छन्।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

६ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा समग्र धितोपत्र बजार नकारात्मक

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक