आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपाली र चीनबीच घाँस र दाना निर्यात गर्नेबारे सम्झौता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपाली र चीनबीच घाँस र दाना निर्यात गर्नेबारे सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो ।

नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै,घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ ।

नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्नेबारे सम्झौता भएको हो । नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासको लागि उपयुक्त मानिन्छ । ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ । जुन याक जस्ता पशुका लागि महत्त्वपूर्ण मानिन्छ । तिब्बतमा ओट ग्रासको ठूलो माग छ ।

आन्तरिक उत्पादनले यो माग पूरा गर्न नसकेपछि सरकारले घाँस आयात गरिरहेको छ । नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो ।

घाँस लैजाने कम्पनी तिब्बत प्लेटु ब्लु एग्रिकल्चरका निर्देशक झ्याङ्ग जियाङ्गले तिब्बतका दुग्ध फार्महरू र किसानहरुको लागि चीनको अर्को क्षेत्रबाट घाँस ल्याउनुभन्दा तातोपानी र केरूङ नाका हुँदै नेपालबाट घाँस किनेर लैजान सहज र सस्तो हुने बताए । यसले नेपाली जनताको आय आर्जन बढ्ने र रोजगारी समेत सिर्जना हुने भएकाले पनि चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको जनाए ।

२०७८ सालमा चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्दा नेपालबाट चीनमा घाँस निर्यात गर्ने सम्बन्धी ‘प्रोटोकल’मा हस्ताक्षर गरेका हुन् । त्यसपछि चितवनको एक नेपाली कम्पनीले हाइलेज (घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ । सम्झौतासँगै नेपाली किसानले ठूलो परिणाममा घाँस खेती गर्नसके निर्यात गर्ने ढोका खुलेको छ ।

यो पनि पढ्नुहोस्

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

२ मिनेट अगाडि
कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक