शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति भएन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति भएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै तीन तहका लागि आवश्यक सङ्घीय ऐन, कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति गर्न नपाएको जनाउनुभएको छ ।

जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आज कौशलटारमा आयोजित नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षेत्र एवम् नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता स्व.जगन्नाथ आचार्यको १०१ औँ जन्मजयन्तीमा उहाँले लोकतन्त्र, सङ्घीय व्यवस्था र प्राप्त राजनीतिक उपलब्धिका विषयमा जनताले प्रश्न गर्न थालेको बताउनुभएको हो । नेता सिंहले भन्नुभयो, “लोकतान्त्रिक सङ्घीय व्यवस्थासहितको संविधान जारी भई दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भएर सरकार गठन भएपनि अझै आवश्यक ऐन कानुन बन्न नसक्दा जनताले प्रश्न गर्न थालेका छन्, जनताले तीन तहको सरकारको अनुभूति गर्न पाएका छैनन्, केन्द्रिकृत एकात्मक व्यवस्था र सङ्घीयतामा फरक के हो ? खोई त ? भन्ने त आइरहेको छ नी, आठ वर्ष बितिसक्दा पनि आवश्यक सङ्घीय ऐन कानुन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन ।”

उहाँले सङ्घीयताले पूर्ण नपाउँदै यसलाई जोगाउने चुनौती आइरहेको भन्दै नेपाली कांग्रेसले संघर्षका लागिभन्दा सङ्घीयतालाई पूर्णता दिँदै यसको रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुरमा सङ्घीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहमा विजयी भएका कांग्रेस नेताले विकासको काम गरेर जनतालाई देखाउनुपर्ने औँल्याउँदै अरुले गरिदेला भनेर नबसी आफैँ अग्रसर भएर काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुलर्भ थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का सभापति भेषबहादुर कार्की, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले वि.सं.२०४६ को जनआन्दोलनमा काठमाडौँ उपत्यकाका कमाण्डर रहेका स्व आचार्यको राजनीतिक जीवनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्दै उहाँको सालिक स्थापना गरेर नयाँ पुस्तालाई उहाँको जीवनीका बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्व.आचार्यका राजनीतिक सहकर्मी नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति एवम् पूर्वसांसद लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुरका अग्रज नेता रामप्रसाद दवाडी, नेपाली कांग्रेस मध्यपुरथिमि ३ नम्बर वडा सभापति कृष्णहरि आचार्यलगायतले स्व आचार्यको राजनीतिक जीवन र उहाँले भूमि सुधारका विषयमा गरेका सुधारका कार्यको चर्चा गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

३ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक