मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपनिर्वाचनको तयारी अन्तिम चरणमा बझाङ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
उपनिर्वाचनको तयारी अन्तिम चरणमा बझाङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बझाङ । बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ति पत्र र मतदान सामग्री बुझाएर मतदानस्थलतर्फ खटाइएको छ ।

निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मीसहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको हो। आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

म्यादी प्रहरीको प्रयोग नहुने भएकाले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले  जनाए । उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कुइँकेलको धारणा छ ।

बझाङ जिल्लाभरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई मतदान केन्द्रमा खटाएर आज नै प्रहरीहरू समेत परिचालन गरिएको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयले भने आज कर्मचारीहरूलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीका अनुसार सोमबार नै साइपाल गाउँपालिका अन्र्तगतका ५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहति कर्मचारी र सुरक्षाकर्मी पठाइ सकिएको भए पनि अन्य पालिकाका लागि भने आज अधिकृतसहति कर्मचारी र सुरक्षाकर्मी पठाएको जनाए । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाएको छ ।

उपनिर्वाचनका लागि बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा एक/एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी खटाइएको छ ।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

२ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

राइफलसहित एकजना नियन्त्रणमा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दाउरा थकालीमा आगलागी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

इन्धन अनावश्यक भण्डारण नगर्न अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक